काठमाडौं । क्वालकमको आउँदो फ्ल्यागशिप प्रोसेसर स्न्यापड्रागन ८९८ को विवरण बाहिरिएको छ । चीनस्थित लेनेभो मोबाइल फोन बिजनेशका जनरल म्यानेजर चेन जिनले क्वालकमको नयाँ उत्पादनबारे जानकारी दिएका हुन् ।

 

उनले क्वालकमको नयाँ प्रोसेसरको जीपीयू उल्लेख्य रुपमा परिष्कृत भएर आउने बताएका छन् । लेनेभोको नयाँ गेमिङ स्मार्टफोन थ्री प्रो क्वालकम एसएम८४५० प्रोसेसरका साथ आउने समेत उनले उल्लेख गरे । जसले गेमिङ स्मार्टफोन उद्योगमै नयाँ आयाम सिर्जना गर्ने मद्दत पुग्ने विश्वास कम्पनीको छ ।

हालसम्मको जानकारी अनुसार क्वालकमले एसएम८४५० प्रोसेसरलाई स्न्यापड्रागन ८९८ नामाकरण गर्नेछ । जसमा सामसङको ४ एनएम प्रोसेसर प्रयोग हुनेछ । क्वालकमले उक्त चिपसेट कहिले सार्वजनिक गर्छ भन्ने जानकारी भने उपलब्ध भइसकेको छैन ।

 

तर, यसअघिका घटनाक्रमलाई हेर्ने हो भने कम्पनीले यो चिपसेट सन् २०२१ को अन्त्यसम्म बजारमा उपलब्ध गराउने छ । अर्कोतर्फ लेनेभोले सन् २०२२ अघि नै यो चिपमा आधारित भएर स्मार्टफोन ल्याउने बताइरहेको छ ।

 

त्यो हिसाबले पनि स्न्यापड्रागन ८९८ यो वर्षको अन्त्यसम्म बजारमा उपलब्ध हुने अपेक्षा गर्न सकिन्छ ।

https://www.techpana.com/2021/100228/