काठमाडौँः बितेको एक वर्षमा नेपालमा भ्रष्टाचार झन् बढेको देखिएको छ । विश्वभर भ्रष्टाचारको अवस्था अनुसन्धान गर्ने संस्था ट्रान्सपरेन्सी इन्टरनेशनलको प्रतिवेदनले यस्तो देखाएको हो । 

ट्रान्सपरेन्सी इन्टरनेशनलको भ्रष्टाचार अवधारणा सूचककाङ्क २०१८ अनुसार नेपालको अवस्था गत वर्ष भन्दा २ स्थानले खस्किएको हो । नेपाल गत वर्ष १२२ औँ स्थानमा थियो भने यो वर्ष १२४ औँ स्थानमा पुगेको छ । ट्रान्सपरेन्सीले नेपालमा भ्रष्टाचारको अवस्था नेपालमा चिन्ताजनक रहेको पनि उल्लेख गरेको छ । 

ट्रान्सपरेन्सीको प्रतिवेदन अनुसार नेपाल सन् २०१७ भन्दा २०१८ झन् भ्रष्ट मुलुकको सूचीमा परेको हो । १८० मुलुकमध्ये नेपाल गत वर्ष १२२ औं स्थानमा थियो भने यस वर्ष १२४ औं स्थानमा छ । नेपालसँगै रहेका अन्य देशले अघिल्लो वर्षभन्दा भ्रष्टाचार घटाए पनि यो सूचककांकले भ्रष्टाचार उस्तै रहेको देखाएको हो । नेपालको प्राप्तांक भने गत वर्षकोझँह  ३१ नै रहेको छ । 

दक्षिण एसियामा भुटान सबैभन्दा कम भ्रष्टाचार हुने मुलुक रहेको पाइएको छ । दक्षिण एसियामा भुटान २५ औं, भारत ७८औं, श्रीलङ्का ८९ औं, पाकिस्तान ११७ औं, मालदिभ्स र नेपाल १२४ औं, बंगलादेश १४९ औं, अफगानिस्तान १७२औं स्थानमा छन् । चीन भने यो सूचीको चीन ८७ औं स्थानमा छ । 

 

http://annapurnapost.com/news/119017