काठमाडौं । नेपाल क्लियरिङ हाउस लिमिटेडद्वारा सञ्चालित कनेक्ट आईपीएसबाट एक वर्षको अवधिमा १४ खर्ब आठ अर्ब ४ करोड ८० लाख रुपैयाँको कारोबार भएको छ । नेपाल राष्ट्र बैंकले भर्खरै प्रकाशित गरेको देशको वर्तमान आर्थिक तथा वित्तीय स्थिति प्रतिवेदन अनुसार यो कीर्तिमानी रेकर्ड देखाएको हो ।

 

प्रतिवेदन अनुसार गएको असार महिनामा मात्रै कनेक्ट आईपीएसबाट २३ अर्ब ७७ करोड ५८ लाख रुपैयाँको कारोबार भएको छ । जुन कनेक्ट आईपीएसबाट एक महिनामा भएको अहिलेसम्मकै धेरै कारोबार हो । 

यस्तै एनसीएचएलकै आईपीएस प्रणालीबाट एक वर्षको अवधिमा २५ खर्ब ९२ अर्ब ७५ करोड ९० लाख रुपैयाँको कारोबार भएको छ । जब कि यो एक वर्षको अवधिमा सबै वालेटबाट गरी केवल एक खर्ब २४ अर्ब ६५ करोड ४० लाख रुपैयाँको कारोबार भएको छ ।

 

त्यस्तै समिक्षा अवधिमा समग्र मोबाइल बैंकिङको कारोबार चार खर्ब ७८ अर्ब ८५ करोड ३० लाख रुपैयाँ, इन्टरनेट बैंकिङबाट १३ अर्ब ८३ करोड २० लाख रुपैयाँ र एटीएमबाट ६४ अर्ब ३८ करोड ९० लाख रुपैयाँको कारोबार भएको छ । 

https://www.techpana.com/2021/100428/