काठमाडौं । साओमी विगत एक वर्ष देखि नेपाली बजारमा शीर्ष स्मार्टफोन ब्राण्डको रुपमा रहन सफल भएको छ । अनुसन्धान फर्म आईडीसीले जारी गरेको दोस्रो त्रैमासिक २०२१ प्रतिवेदन अनुसार साओमी नेपालको नम्बर वान स्मार्टफोन ब्राण्ड बन्न सफल भएको हो ।

 

साओमीले सन् २०२१ को दोस्रो त्रैमासिकमा ३८.९ प्रतिशत बजार हिस्साका साथ पहिलो स्थान ओगट्न सफल भएको हो । कम्पनी सन् २०२० को तेस्रो त्रैमासिक देखि शीर्ष स्थान रहँदै आएको छ ।

रिपोर्टका अनुसार २०२१ को दोस्रो त्रैमासिकमा शीर्ष सात स्मार्टफोन मध्ये साओमी कम्पनीको ६ वटा स्मार्टफोन रहेका छन् । जसमा मी ११, मी ११ एक्स प्रो, रेड मी के २० सिरिज, पोको एफ ३ छन् । कम्पनीले सस्तो मूल्यमा उच्च प्रविधि युक्त उत्पादनहरू सार्वजानिक गरेकै कारण बजारमा उल्लेखनीय वृद्धि भएको दावी कम्पनीको छ ।

 

यसका साथै साओमीले मी वाच लाइट, टिभी स्टिक, ट्रिमर, ब्यान्ड ६, सोनिक ब्यास वायरलेस एयरफोन, पावरब्या‌ंक आदि सहित नेपालमा ३० वटा नयाँ इकोसिस्टम उत्पादनहरू पनि सार्वजनिक गरेको छ ।

 

यसका अतिरिक्त, अफलाइन नेटवर्क विस्तारको कारणले ब्रान्डको समग्र वृद्धिमा योगदान पुर्‍याएको कम्पनीको दाबी छ । हाल देश भर साओमीको २००० भन्दा धेरै अफलाइन पार्टनर स्टोर र ६०० मी प्रिफर्ड पार्टनर स्टोर रहेका छन् । 

https://www.techpana.com/2021/100480/