काठमाडौं । सूचना प्रविधिको व्यापक विकास र विस्तारसँगै मानिसहरुले थुप्रै किसिमका अनलाइन अकाउन्ट खोलेका छन् । तर यस्ता अकाउन्ट सुरक्षाका दृष्टिले निकै कमजाेर रहेकाे पाइएकाे छ ।

 

हालै बाहिरएकाे एक तथ्यअनुसार नेपालमा अझै पनि पुरानै शैलीको पासवर्ड प्रयोग भइरहेकाे छ । साइबर सुरक्षा अनुसन्धानकर्मी एवं विज्ञ विजय लिम्बुले नेपालबाट लिक भएका पासवर्डमध्ये शीर्ष ५ पासवर्ड शेयर गरेका छन् ।

फेसबुकमार्फत् उनले दिएकाे जानकारीअनुसार लिक भएका पासवर्ड निकै आधारभूत र कमजोर पासवर्ड हुन्, जुन सजिलै क्र्याक गर्न सकिन्छ । सुरक्षाका लागि यस्ता पासवर्ड निकै खराब हुन् ।

 

अझै पनि शब्द, संख्या, नाम आदि राखेर पासवर्ड सिर्जना गर्ने अभ्यास छ । सुरक्षाका हिसाबले यस्ता पासवर्ड प्रतिकूल हुने विज्ञहरू बताउँछन् ।

 

धेरै नेपालीले प्रयोग गर्ने ५ पासवर्ड

  1. Password
  2. Password123
  3. Kathmandu
  4. nepal
  5. nepal123

यदि तपाईं आफ्नो अनलाइन अकाउन्टलाई सुरक्षित राख्न चाहनुहुन्छ भने बलियो पासवर्ड राख्नैपर्छ । तर पासवर्ड जतिसुकै बलियो भएपनि ती सबैलाई क्र्याक गर्न असम्भव भने छैन ।

 

रेन्बो टेबल अट्याक, ब्रूट फोर्स अट्याक, सोसल इन्जिनियरिङ, फिसिङ, माल्वेयर र प्लेन ओल्ड गेसिङ जस्ता विभिन्न विधिबाट पासवर्ड क्र्याक गर्न सकिन्छ । 

याे पनि पढ्नुहाेस्: अनलाइनमा तपाईंको ईमेल वा पासवर्ड लिक भएको त छैन ? यसरी गर्नुहोस् परीक्षण  

https://www.techpana.com/2021/100670/