काठमाडौं । नेपाली बजारमा रियलमी ‘सी११ २०२१’ को मूल्य घटेको छ । कम्पनीले आइतबारदेखि यो मोडलको मूल्य एक हजार रुपैयाँले घटाएको हो ।
अब ग्राहकले ११ हजार ९९९ रुपैयाँमा रियलमी सी११ २०२१ स्मार्टफोन किन्न सक्नेछन् । यो फोन २ जीबी ३२ जीबी भेरियन्टमा बजारमा उपलब्ध छ ।
युवा प्रयोगकर्तालाई लक्षित गरी ल्याइएको यो फोनमा अल्ट्रा सेभिङ मोडसहित ५ हजार एमएएचको ब्याट्री छ ।
त्यस्तै फाेनमा ६.५ इन्चको डिस्प्ले रहेको छ भने जियामेट्रिक आर्ट डिजाइन र अक्टाकोर पावरफुल प्रोसेसर लगायतका फिचर छन् ।
याे पनि पढ्नुहाेस्: नेपाली बजारमा यस्तो छ रियलमी स्मार्टफोनको पछिल्लो मूल्य सूची