काठमाडौं । सामसङले आफ्ना प्रयोगकर्तालाई सामसङ क्लाउडमा रहेका फोटो तथा भिडिओ तत्कालै सुरक्षित गर्न आग्रह गरेको छ ।

 

कम्पनीले प्रयोगकर्ताका लागि अन्तिम सूचना जारी गर्दै सुरक्षित नगरेको खण्डमा सम्पूर्ण फोटो तथा भिडिओ डिलिट हुने जनाएको हो । यसअघि कम्पनीले प्रयोगकर्तालाई सामसङ क्लाउडमा उपलब्ध गराउँदै आएको निःशुल्क स्टोरेज बन्द गर्ने निर्णय गरेको थियो ।

गुगल, माइक्रोसफ्ट वानड्राइभ, अमेजनलगायतका कम्पनीले जस्तै सामसङले पनि क्लाउडमा हुँदै आएको खर्च कटौतीको लागि यो निर्णय गरेको हो ।

 

उक्त निर्णयसँगै कम्पनीले प्रयोगकर्तालाई करिब तीन महिना समय अवधि उपलब्ध गराएको थियो । तर, अझै पनि लाखौं प्रयोगकर्ताले आफ्नो डेटा सुरक्षण नगरेको पाएसँगै कम्पनीले अन्तिमपटक भन्दै सूचना जारी गरेको हो ।

 

‘जसले आफ्नो डेटालाई सुरक्षित गरेका छैनन्, उनीहरूका लागि यो सूचना जारी गरिएको छ,’ कम्पनीले भनेकाे छ, ‘तत्कालै आफ्नो डेटा सुरक्षित नगरिएको खण्डमा फोटो तथा भिडिओ डिलिट हुनेछ ।’

 

यसको अर्थ सामसङले सामसङ क्लाउड नै बन्द गर्ने तयारी भने गरेको हाेइन । सामसङ क्लाउडमा प्रयोगकर्ताले कन्ट्याक नम्बर, नोट, क्यालेन्डर जस्ता कुराको सुरक्षित भने गर्न सक्नेछन् ।

https://www.techpana.com/2021/100719/