काठमाडौं । कोरोना महामारीका कारण विगत चार महिनादेखि रोकिएको सवारी चालक अनुमतिपत्रको परीक्षा पुनः सुरु हुने भएको छ । यातायात व्यवस्था विभागले भदौ तेस्रो सातादेखि लिखित र प्रयोगात्मक परीक्षा (ट्रायल) दुवै सुरु गर्ने तयारी गरेकाे छ ।

 

विभागले आफू मातहतका कार्यालयलाई भदौ १० गते नै परिपत्र गरी तोकिएको स्वास्थ्य मापदण्ड पूरा गरेर सवारी चालक अनुमतिपत्रको लिखित तथा ट्रायल परीक्षा सञ्चालन गर्न निर्देशन दिइसकेकाे छ ।

विभागका निर्देशक लोकनाथ भुसाालका अनुसार अब यातायात व्यवस्था कार्यालयहरूले कम्तीमा सात दिनको समया राखेर सूचना प्रकाशन गरी परीक्षा सञ्चालन गर्नेछन् ।

 

सबै कार्यालय आन्तरिक तयारी पूरा गरी परीक्षा सञ्चालनको तयारीमा रहेको उनले बताए । यसैबीच यातायात कार्यालय ललितपुरले २० गतेदेखि सुरु गरेको छ भने अन्य यातायात कार्यालयले पनि सूचना जारी गर्ने तयारी गरेका छन् ।

 

हाल झण्डै सात लाख सेवाग्राही सवारीसाधनको लाइसेन्स ट्रायल खुल्ने प्रतिक्षामा छन् ।

 

https://www.techpana.com/2021/100788/