नेपाल भित्र र वाहिर दुई वटा यस्ता शक्ति छन्, जसले नेपालमा स्थिर राजनीति कायम होस् र विकसित होस् भन्ने चाहदैन । सानो मुलुक, पर्याप्त प्राकृतिक सौन्दर्यले भरिपूर्ण र दुई विसाल देशका बीचमा रहेको नेपालमा स्थिर राजनीति हुने वित्तिकै तुरुन्तै विकास र निर्यातमूलक व्यापार सुरु भैहाल्छ । यसो भयो भने यसको संवेदनशील भू राजनीतिको फाइदा लिन सकिदैन । यसका लागि यहाँ कुनै पनि मूल्यमा यहाँ एउटा स्थिर राजनीतिक प्रणाली, थोरै राजनीतिक दल र नैतिकवान नेता सत्ताको केन्द्रमा पुग्नु हुँदैन । यसका लागि लोभी–पापी र स्वार्थी समूहलाई सहयोग पुग्नेगरी विभिन्न किसिमका काम हुन्छन् । उनीहरु चर्चामा ल्याइन्छन् र विस्तारै सत्तामा पुर्याइन्छन् । र, निष्ठाको राजनीति गर्नेहरुलाई विभिन्न तरिकाले अवरोध खडा गरिन्छन् ।
खासमा पञ्चायती व्यवस्था आफैमा खराव होइन, खराब पञ्चहरु सत्तामा पुगेका कारण बद्नाम भएको हो । त्यो बेला जसले जंगल फडानी गर्यो, जसले भारतको इसारामा काम गर्यो, उही लामो समय प्रधानमन्त्री बनेको उदाहरण छ । बहुदलीय व्यवस्था नेपाली जनताको चाहानाले कम, मरिचमानले भोगेको नाकाबन्दीका कारण छिटो आएको हो । गिरिजाप्रसाद कोइराला पदका कतिसम्म लोभी थिए भने पटकपटक प्रधानमन्त्री भएर नपुगेपछि राष्ट्रपतिको आकाक्षा भएकाले देशमा गणतन्त्र आएको हो ।
इतिहासको अध्ययन गर्दा थाहा हुन्छ, जब पञ्चायतले विदेशी स्वार्थ पूरा गर्न सकेन, त्यही माले कांग्रेससँग मिलेर बहुदलीय व्यवस्था आयो । बहुदलीय व्यवस्था त्यो बेलासम्म राम्रोसँग टिक्यो, जब पूरै समाज कांंग्रेस र कम्पयुनिस्टमा विभाजन भैरह्यो । त्यो बेला कांग्रसको घरमा कम्युनिस्ट नजाने, कम्युनिस्टको घरमा कांग्रेस नजाने अवस्था थियो । त्यो बेलाका विद्वानले लेखेका लेखहरु पढ्दा म अहिले पनि छक्क पर्छु । जब, आम जनताले कम्युनिस्ट र कांग्रेस एउटै सिक्काको पाटो हुन्, दुबै दल देश र जनताको पक्षमा काम गर्न आएका हुन्, व्यक्ति मात्र खराब हुन् भन्ने बुझ्न थाले, माओवादी आन्दोलन जन्मन पुग्यो ।
खासमा माओवादी आन्दोलन त्यो बेलासम्म चल्यो, जबसम्म सदीयौंदेखि मिलेर बसेका नेपालीलाई जात र धर्मका आधारमा आफू फरक हुँ र आफूहरु फरक जात र धर्मकै आधारमा हामी पछि परेका हौ भन्ने पारियो । तर यसको पटाक्षेप नहुँदै माओवादी चलाएको ‘जनयुद्ध’ को औचित्य सकियो । किनभने संसदीय व्यवस्थाले नै विकास र तल पारिएका जनतालाई धर्मनिरपेक्षतामा सबै सहमत भए । विदेशीको चाहाना पूरा गरिएकै कारण आज हिजोका सबै (सत्ता पक्ष, सेना प्रहरी ) अपराधीहरु आज सत्ताधारी भएका छन् । हिजो तल्लो वर्गको आदर्श राजनीति गर्छु भन्ने कमन्युष्टहरु हिजोका संसदीय व्यवस्थाका नेताहरु भन्दा घिनलाग्दो काम गरिरहेका छन् भन्ने कुरा सबैलाई जगजाहेर नै छ । तर पछाडि पारिएका जनतामा कुनै परिवर्तन आएका छैनन् । जति परिवर्तन भएका छन्, ती यहि संसदीय व्यवस्थाले बनाएको कानुन अन्तरगत नै भएका छन् ।
आखिर सामान्य कानुन परिवर्तन गर्दा हुने परिवर्तनका लागि किन दशक लामो अस्थिर राजनीतिको अवस्था सिर्जना गरियो ? किन २० औं वर्ष स्थानीय निर्वाचन हुन दिइएन ? किन विकासका काम अघि बढ्न दिइएन ? संसारमा गलत काम गर्नेलाई आतंकवादी समूह भन्नेहरुले नै किन माओवादीका नेतृत्वलाई संरक्षण गरे ? आज माओवादीका कारण धर्मनिरपेक्षता, गणतन्त्र आएको सत्य हो । तर आज उनीहरु नै जनताका अघि किन बद्नाम छन्,
कस्ता न्यायधीस यो समाजमा छन्, निर्वाचन आयोगमा कस्ता मानिस नेतृत्वमा पुगेका छन् । उनीहरुलाई कस्ता नेताले साथ दिएका छन्, उनीहरुले कस्ता मानिसलाई उमेद्वार बनाएका छन् र हामीले कसलाई जिताएका छौं भन्ने कुरा मात्र बाहिर आएको हो । भ्रष्ट मानिस, भ्रष्ट दिमाग र नैतिकता हराएका मानिसहरु मिलेका छन् र कञ्चनपुर जस्ता धेरै घटना पर्दा अगाडि र पछाडि चलिरहेका छन् । कुनै देखिएका छन्, कुनै नदेखिकन अघि बढिरहेका छन् । यता नैतिकवान मानिस त्यस्तै पार्टी र नेताको कार्यकर्ता भएर अर्को दलका नेतालाई गाली गरिरहेका छन् । यसको कारण के हो ? यो कुरा कसैले सोचेका छन् ? हाम्राे देश जाेगाउन तर्फ लागाै देश रहे त हामी हाम्राे स्वाभिमान रहला नत्र सिक्किमे जनताहरु जस्ताे दाेस्राे दर्जाकाे नागरिक बनाैला । जय देश