काठमाडौं । चिनियाँ ब्राण्ड ओप्पोले नेपाली बजारमा ए१६ मोडलको नयाँ स्मार्टफोन सार्वजनकि गरेको छ । युवा प्रयोगकर्तालाई लक्षित गरी ल्याइएको यो फोनमा ६.५२ इन्चको एचडी प्लस आई केयर डिस्प्ले प्रयोग गरिएको छ ।

 

कम्पनीले गुणस्तरीय तस्वीर कैद गर्न सकियोस् भन्ने सोचका साथ फोनमा एआई ट्रिपल क्यामेरा उपलब्ध गराएको छ ।

यसका लागि कम्पनीले फोनमा १३ मेगापिक्सेल मेन क्यामेराका साथमा २ मेगापिक्सेल डेप्थ (बोके) र २ मेगापिक्सेल म्याक्रो क्यामेरा उपलब्ध गराएको छ । त्यस्तै फोनमा ८ मेगापिक्सेल क्षमता सहितको फ्रण्ट क्यामेरा छ ।

 

क्रिस्टल ब्ल्याक, पर्ल ब्ल्यु र स्पेस सिल्भर गरी तीन कलरमा उपलब्ध यो फोनमा गोपनीयताको सुरक्षार्थ फेसका साथै साइड फिङ्गरप्रिन्ट रिकग्निशन सुविधा पनि दिइएको छ ।

 

ओप्पो ए१६ ले प्रयोगकर्तालाई ५ हजार एमएएच क्षमताको लामो समयसम्म टिक्ने ब्याट्री उपलब्ध गराएको छ ।

 

ब्याट्रीलाई १००% चार्ज गरिसके पछि ३४ घण्टाको कल टाइम वा २१.०२ घण्टा युट्युव भिडियो प्लेब्याकको मज्जा लिन सकिन्छ ।

फोनमा ३ जीबी र्‍याम र ३२ जीबी रोमको व्यवस्था गरिएको छ । साथै फोनमा २५६ जीबी सम्म एसडी कार्डमार्फत स्टोरेज बढाउन सकिने सुविधा छ ।

नेपाली बजारमा यो फोनको मूल्य १८ हजार ९९० रूपैयाँ तोकिएको छ ।

https://www.techpana.com/2021/101095/