काठमाडौं । चिनियाँ बजारमा एप्पल र साओमीलाई उछिन्दै अनर ब्राण्ड धेरै मोबाइल बिक्री गर्ने कम्पनी बन्न सफल भएको छ । सिनो रिसर्चका अनुसार चिनियाँ बजारमा जुलाई महिनामा धेरै मोबाइल बिक्री गर्ने कम्पनीमा अनर तेस्रो स्थानमा छ ।

 

रिपोर्ट अनुसार कम्पनीले जुलाईमा ४० लाख मोबाइल बिक्री गरेको छ । जबकि सोही समयमा साओमीले ३९ लाख र एप्पलले ३० लाख मोबाइल बिक्री गरेको छ ।

त्यस्तै विगतको रेकर्ड कायम राख्दै ५६ लाख मोबाइल बिक्री गरेर ओप्पो पहिलो स्थानमा नै रहेको छ भने ५३ लाख मोबाइल बिक्री गरेर भिभो दोस्रो स्थानमा रहेको छ ।

 

यद्यपि वार्षिक रुपमा हेर्ने हो भने चाहिँ यो महिनामा चीनमा २६ वटा नयाँ मोडेलका फोन मात्र बजारमा आएका छन्, जुन गत वर्षको सोही महिना भन्दा ३८.१ प्रतिशतले कम हो ।

 

बजारमा आएका नयाँ मोडेलमध्ये फाइभजी सपोर्ट गर्ने फोन भने ११ वटा मात्र सार्वजनिक भएका छन् ।

https://www.techpana.com/2021/101103/