काठमाडौं । एनआईसी एसिया बैंकले आफ्नो मोबाइल बैंकिङ्ग एपमार्फत दुई महिनासम्म निःशुल्क आन्तरिक रेमिट्यान्स पठाउन सकिने योजना सार्वजनिक गरेको छ ।

 

भदौ १६ देखि कात्तिक १४ सम्म लागू हुने गरी ल्याइएको यस योजनामा बैंकका ग्राहकले ‘एनआईसी एसिया मोबैंक’ प्रयोग गरी एक ठाउँबाट अर्काे ठाउँ निःशुल्क रुपमा रकम पठाउन सक्नेछन् ।

‘सेल्फ हेल्प बैंकिङ्गको अवधारणा अनुरुप बैंकिङ एपबाट नै आन्तरिक रेमिट्यान्स देशभर पठाउन सकिने यस नवीन सुविधाबाट बैंकका ग्राहकले आफ्ना परिवारजन तथा आफन्तजनलाई सहज रुपमा रकम पठाई योजनाको भरपुर लाभ उठाउन सक्नुहुनेछ,’ बैंकले जारी गरेको विज्ञप्तिमा भनिएको छ ।

 

यस योजना अन्तर्गत ग्राहकले जुनसुकै स्थानबाट, जुनसुकै समयमा आफ्नो एनआईसी एसिया मोबैंकबाट रेमिट रकम सहज रुपमा पठाउन सक्नेछन ।

 

यसका लागि ग्राहकले आफ्नो मोबाइलमा रहेको मोबैंक एप भित्र रहेको सेन्ड रेमिट आइकनमा ट्याप गरेपश्चात् रेमिट्यान्स रकम, प्राप्त गर्नेको विवरण (नाम, मोबाइल नम्बर एवं ठेगाना) उल्लेख तथा रेमिट्यान्स पठाउनुको उद्देश्य छनौट गरी सुरक्षित रुपमा रेमिट्यान्स पठाउन सक्नेछन् ।

 

यस माध्यमबाट पठाएको रकम देशभर रहेका यस बैंकका सम्पूर्ण शाखा तथा विस्तारित काउन्टरहरूका साथै १२ हजार भन्दा बढी रेमिट एजेन्टहरूबाट नगद रकम सहजै झिक्न सकिनेछ ।

कोभिड-१९ महामारीको समयमा डिजिटल कारोबार गर्नुपर्ने आजको आवश्यकतालाई बैंकले ल्याएको यस योजनाबाट ग्राहकलाई बैंक शाखासम्म पुगेर भौतिक फारम भरी रेमिट्यान्स पठाउनुपर्ने झन्झबाट मुक्ति मिल्नुका अलावा उनीहरूकाे अमूल्य समयको बचत भई महामारीका बीच भौतिक दूरी कायम गर्नसमेत सहयोग मिल्ने विश्वास बैंकले लिएको छ ।

https://www.techpana.com/2021/101163/