काठमाडौं । अब सामाजिक सञ्जाल ट्वीटरबाट नेपाल राष्ट्र बैंकका गतिविधि थाहा पाउन सकिने भएको छ । बैंक तथा वित्तीय संस्थाको नियन्त्रण र नियमनका लागि केन्द्रीय बैंकको रुपमा रहेको राष्ट्र बैंकले ट्वीटरबाटै अपडेट दिन थालेको हो ।

 

राष्ट्र बैंकका गभर्नर महाप्रसाद अधिकारीले सामाजिक सञ्जालसम्बन्धी नीति पारित भएसँगै राष्ट्र बैंकको ट्वीटर अकाउन्ट खोलिएको बताउँदै यसबाट सूचना सम्प्रेषण तथा पृष्ठपोषणमा सहयोग मिल्ने अपेक्षा गरेका छन् ।

यसअघि राष्ट्र बैंकको नाममा नक्कली सोसल मिडिया अकाउन्ट बनाएर भ्रमपूर्ण सूचना फैलाएको गुनासो आएका थिए ।

 

हालै राष्ट्र बैंकको नाममा आधिकारिक ट्वीटर अकाउन्ट सञ्चालनमा आएपनि फेसबुकमा भने बैंकको उपस्थिति छैन ।

 

राष्ट्र बैंकले यसअघि गत असारमा मोबाइल एप सार्वजनिक गरेको थियो । त्यस्तै सेवाग्राहीका लागि अनलाइनबाटै गुनासो टिपाउने व्यवस्था समेत गरिएको छ ।

 

https://www.techpana.com/2021/101175/