काठमाडौं । एनएमबी बैंकमा खाता खोल्नका लागि अब बैंकको कार्यालय धाइराख्नु पर्ने वाध्यताको अन्त्य भएको छ । बैंकले आर्टिफिसिएल इन्टेलिजेन्स(एआइ) को प्रयोग गर्दै अनलाइनबाटै खाता खोल्न सकिने सेवा उपलब्ध गराएको हो ।

 

यो सँगै देश तथा विदेशमा रहेका ग्राहकले कार्यालयमा उपस्थिति नभइ नै बैंकमा खाता खोल्न सक्नेछन् । त्यो पनि सहज रुपमा । बैंकका अनुसार एआइमार्फत प्रयोग भएकाले ग्राहकले ५ मिनेटमै देश र विदेश जुनसुकै ठाउँबाट बैंक खाता खोली कारोबार गर्न सक्नेछन् ।

त्यसका लागि बैंकका प्रतिनिधिसँग भिडियो कल गरी त्यसैमार्फत तत्कालै खाता खोलिन बैंकले जनाएको छ । अनलाइन खाता खोल्नका लागि यहाँ क्लिक गर्नुहोस् ।

https://www.techpana.com/2021/101253/