काठमाडौं । प्रविधिको विकास लगातार रुपमा अगाडि बढिरहेको छ । फोनको प्रयोग सामान्य भ्वाइस कल हुँदै इन्टरनेटतर्फ अगाडि बढ्यो । टुजी, थ्रीजी, फोरजी हुँदै अहिले फाइभजीको प्रयोग सुरु भएको छ ।

 

यसैबीच हरेकजसो स्मार्टफोन निर्माता कम्पनी यो प्रविधिलाई आत्मसाथ गर्दै अगाडि बढ्ने प्रयासमा छन् । जसमा नोकिया पनि यो दौडमा सामेल छ ।

विश्वकै सबैभन्दा पुरानो फोन निर्माता कम्पनीमध्येको नोकिया आफ्ना उत्पादनमा समयसँगै परिवर्तन गर्दै अगाडि बढ्ने कोसिस गरिरहेको छ ।

 

यसैबीच कम्पनी सबैभन्दा सस्तो फाइभजी स्मार्टफोन ल्याउने तयारीमा जुटेको समाचार रिपोर्ट सार्वजनिक भएको छ ।

 

लिक भएका समाचार अनुसार आगामी नोकिया जी ५० एउटा त्यस्तो स्मार्टफोन हुने दाबी गरिएको छ कि जुन अहिलेसम्मकै सस्तो फाइभजी स्मार्टफोन हुनेछ ।

 

यो फाइभजी स्मार्टफोनका लागि नोकियाले यसअघि नै टिना शर्टिफिकेट प्राप्त गरिसकेको छ । त्यससँगै गिकबेन्चको पोर्टलमा समेत यो फोन सूचिकृत भइसकेको छ ।

जसअनुसार यो फोनमा ४८ मेगापिक्सेलको प्राइमरी लेन्स हुनेछ । त्यस्तै ८ मेगापिक्सेलको सेल्फी क्यामेरा रहने उल्लेख छ ।

गिकबेन्चका अनुसार एन्ड्रोइड ११ ओएसका साथ आउने यो स्मार्टफोन क्वालकम स्नापड्रागन ४८० एसओसीबाट सञ्चालित हुनेछ ।

 

१.८० गिगाहर्जको आधार फ्रिक्वेन्सीको साथमा यो फोनमा माइक्रो एसडी कार्ड राख्ने सुविधा हुने छैन । टिनामा यो फोन २ जीबी, ४ जीबी, ६ जीबी र ८ जीबी र्‍याम गरी चार ओटा भेरियन्टमा देखिएको थियो ।

त्यस्तै स्टोरेजमा पनि ६४ जीबी, १२८ जीबी, २५६ जीबी र ५१२ जीबीको भेरियन्ट हुने अनुमान छ । फोनमा ६.८२ इन्चको एचडी प्लस डिस्प्ले रहने छ ।

https://www.techpana.com/2021/101350/