काठमाडौं । हामी धेरैलाई बिहान उठ्नका लागि घडीमा अलार्म लगाउनुपर्ने बानी हुन सक्छ । पछिल्लो सयम घडी छाडेर मोबाइल क्लकमा उपलब्ध अलार्म फिचर प्रयोग भइरहेको छ । ताकि समयमा उठेर कार्यालय पुग्ने, अथवा आफ्ना निर्धारित काम सम्पन्न गर्न सकियोस् ।

 

घडीमा बज्ने अलार्मकाे आवाजसँग उठ्नेहरूका लागि कुनै दिन बिहान घण्टी नबजेको खण्डमा सुतेको सुतै हुने समस्या पनि हुनसक्छ ।

त्यो हुँदा अफिस पुग्न ढिला हुने, काम सम्पन्न नहुने जस्ता धेरै समस्या आइपर्न सक्छ । त्यस्तै समस्या पछिल्लो एक हप्तामा हजारौं प्रयोगकर्ताले भोगेका छन् ।

 

गुगलले एन्ड्रोइड फोन प्रयोगकर्ताका लागि फोनमा इनविल्ड गुगल वाच एप उपलब्ध गराउँदै आएको छ । उक्त एपमा प्रयोगकर्ताले राखेको अलार्म नबझ्ने खालको बग फेला परेको छ ।

 

यो बग ठूलो मात्रामा फैलिएको जनाइएको छ । किनभने विभिन्न देशका विभिन्न प्रयोगकर्ताले यो बगको विषयमा उजुरी गरेका छन् ।

 

यो बगको विषयमा गुगल क्लक एपमा सुरु भएको वान रेटिङ अभियानबाट बाहिर आएको हो ।

जहाँ प्रयोगकर्ताले सेट गरेको क्लक बन्द गर्दा पनि बन्द नहुने र सेट भएको समयमा बज्दा पनि नबझ्ने खालको समस्या रहेको बताएका छन् । विशेषगरी पिक्सेल, वानप्लस, ओप्पोलगायतका डिभाइसका प्रयोगकर्ताले यो खालको समस्या भोगिरहेको बताइएको छ ।

https://www.techpana.com/2021/101438/