काठमाडौं । सामसङका बहुप्रतिक्षित फोल्डेबल फोनहरू सामसङ ग्यालेक्सी ‘जेड फोल्ड थ्री फाइभजी’ र ‘ग्यालेक्सी जेड फ्लिप थ्री’ नेपाली बजारमा भित्रिएका छन् । कम्पनीले आइतबारदेखि यी फोनको प्रि-बुकिङ सुरू गरेको छ ।
कम्पनीका अनुसार ग्यालेक्सी जेड फोल्ड थ्री फाइभजीमा प्रोडक्टिभिटी तथा निरन्तर मनोरन्जन प्रदान गर्न मल्टिटास्किङ पावर हाउसका साथ भित्रिएको छ ।
यो फोन फ्यान्टम ब्ल्याक, फ्यान्टम ग्रिन र फ्यान्टम सिल्भरमा उपलब्ध रहेको छ ।
त्यस्तै ग्यालेक्सी जेड फ्लिप थ्री फाइभजी भने क्रिम, ल्याभेन्डर तथा ब्ल्याक कलरमा उपलब्ध छ । यो फोन सेल्फ-एक्सपेरियन्सको लागि उपयुक्त हुने कम्पनीको दाबी रहेको छ । यस फोनको कभर स्क्रिन पहिलेको भन्दा चार गुणा ठूलो रहेको हुँदा यसमा फोनलाई अनफोल्ड नै नगरी बाहिरबाट नै नोटिफिकेसनका म्यासेजहरू हेर्न सकिने सुविधा छ ।
त्यस्तै क्विक शट फिचरका कारण मोबाइल अनफोल्ड नै नगरी फोटो र भिडियो खिच्न सकिनेछ । १२० हर्जको एडप्टिभ रिफ्रेस रेट भएको यो फोनमा डल्बी एटमसको अपग्रेटेड स्टेरियो स्पिकर प्रयोग गरिएको छ
प्रि-बुकिङमा विभिन्न अफर
कम्पनीका अनुसार ग्यालेक्सी जेड फोल्ड थ्री फाइभजीको प्रि-अर्डरमा ग्राहकले एस पेनसँगै फ्लिप कभर नि:शुल्क प्राप्त गर्न सक्नेछन् ।
त्यस्तै ग्यालेक्सी बड्स प्रो नि:शुल्क वा २५,००० रुपैयाँको सहुलियत मूल्यमा ग्यालेक्सी वाच ४ क्लासिकमध्ये एक छान्न पाइने सुविधा छ ।
त्यस्तैगरी, ग्यालेक्सी जेड फ्लिप थ्री फाइभजीको प्रि-अर्डरमा ग्राहकले ग्यालेक्सी बड्स २ नि:शुल्क वा ग्यालेक्सी वाच४ क्लासिक सहुलियत मूल्य ३०,००० रुपैयाँमा लिनसक्ने कम्पनीले जनाएको छ ।
कम्पनीका अनुसार यी दुई फोनको प्रि-बुकिङ शुन्य प्रतिशत ब्याजदरमा ईएमआई सहित न्यूनतम १० हजार ५०० रुपैयाँमा गर्न सकिन्छ ।
ईएमआई सुविधा नबिल बैंक, एनआईसी एसिया बैंक, सनराइज बैंक, ग्लोबल आईएमई बैंक, लक्ष्मी बैंक, सानिमा बैंक, नेपाल इन्भेस्टमेन्ट बैंक लिमिटेड, मेगा बैंक, एनएमबी बैंक, कुमारी बैंक लिमिटेड, उपासना बहुद्देश्य सहकारी संस्था लिमिटेड र हुलास इन्भेष्टमेन्टबाट प्राप्त गर्न सकिन्छ ।
१२ जीबी र्याम र २५६ जीबी स्टोरेज भेरियन्टको ग्यालेक्सी जेड फोल्ड थ्री फाइभजीको मूल्य दुई लाख १९ हजार ९९९ रुपैयाँ रहेको छ भने १२ जीबी र्याम र ५१२ जीबी स्टोरेज भेरियन्टको मूल्य दुई लाख २९ हजार ९९९ रुपैयाँ रहेको छ ।
त्यस्तै ८ जीबी र्याम र २५६ जीबी स्टोरेज भेरियन्टको ग्यालेक्सी जेड फ्लिप थ्री फाइभजीको मूल्य एक लाख २४ हजार ९९९ रुपैयाँ रहेको छ ।
कम्पनीका अनुसार आइतबारदेखि असोज ४ गतेसम्म यी दुवै फोनहरू दराज, ईसेवा, सेल पे, स्मार्टडोको तथा सामसङ प्लाजाबाट प्रि-अर्डर गर्न सकिन्छ ।
असोज ६ गतेदेखि दुवै फोन बजारमा उपलब्ध हुनेछ ।