काठमाडौं । पछिल्लो केही दिनयता अन्तर्राष्ट्रिय अन्तरिक्ष केन्द्र (आईएसएस) को विषय निकै चर्चाको विषय बनिरहेको छ ।

 

आईएसएसमा प्रयोग भएका पार्टपुर्जा पुराना भएका कारण कामै नलाग्नेगरी बिग्रिने अवस्थामा पुगेको विषय रसियाका अनुसन्धानकर्मी भ्लादिमिर सोलोभ्योभले चेतावनी दिएका छन् ।

उनलेआईएसएसको रसियाली भागमा रहेका ८० प्रतिशत उडानसम्बन्धी प्रणालीका उपकरणको म्याद गुज्रिएकाे विषयबारे उनले स्थानीय सरकारी सञ्चारमाध्यमलाई बताएका हुन् ।

 

‘आईएसएसमा स-साना चिरा देखापरेकाले ती भविष्यमा खराब हुँदै जानेछ,’ उनले भनेका छन, ‘यही कारण रसियाले सन् २०२५ पछि आईएसएस छोड्न सक्नेछ ।’

 

आईएसएस रुस, अमेरिका, क्यानडा, जापान र केही युरोपेली देशहरूको संलग्नतामा सन् १९९८ मा निर्माण गरिएको थियो ।

 

निमार्ण गर्दा १५ वर्षसम्म टिक्ने बताइएको थियो ।

पछिल्लो केही समययता चन्द्रमामा अन्तरिक्ष स्टेशन बनाउने योजनामा चीन र रुस अघि बढिसकेका छन् ।

https://www.techpana.com/2021/101584/