काठमाडौं । विश्वव्यापी रुपमा चर्चित गुगलकाे क्लाउड स्टोरेज प्लेटफर्म गुगल ड्राइभ अब इन्टरनेट बिना पनि प्रयोग गर्न सकिने भएको छ ।

 

गुगल ड्राइभले प्रयोगकर्तालाई फाइल ब्याकअप गर्न तथा उक्त फाइलमा जुनसुकै डिभाइसबाट पहुँच गर्न सकिने सेवा उपलब्ध गराउँदै आएको छ ।

त्यतिमात्रै नभएर यो फाइल, फोटो तथा पीडीएफ फाइल शेयर गर्नका लागि पनि चर्चित छ । साथै त्यसरी शेयर गरेको फाइलमा सबैले इडिट गर्नसक्ने सुविधा पनि उपलब्ध छ ।

 

कम्पनीले समय समयमा प्रयोगकर्तालाई लक्षित गर्दै नयाँ नयाँ फिचर उपलब्ध गराउँदै आएको छ । यही क्रममा कम्पनीले अब गुगल ड्राइभमा रहेका फाइल इन्टरनेट बिना पनि प्रयोग गर्न सकिने फिचर उपलब्ध गराएको हो ।

 

हुन त यो फिचर सन् २०१९ देखि नै उपलब्ध हुँदै आएको हो । बेटा भर्सनमा उपलब्ध गराउँदै आएको उक्त फिचर अब भने कम्पनीले ठूलो सङ्ख्यामा प्रयोगकर्तालाई उपलब्ध गराएको छ ।

 

पहिलो चरणमा यो फिचर डेस्कटप भर्सनमा मात्रै उपलब्ध रहेको छ ।

कसरी प्रयोग गर्ने अफलाइन फिचर ?

त्यसका लागि गुगल ड्राइभको एप डेस्कटपमा डाउनलोड गर्न आवश्यक छ । भने, अफलाइन मोडको लागि वेबमार्फत सेटिङ गर्न आवश्यक छ ।

प्रयोगकर्ताले वेबमार्फत ड्राइभमा गएर अफलाइन एक्सेस गर्न चाहेको फाइललाई ‘एभाइलेवल अफलाइन’ गर्न सक्नेछन् ।

 

यो फिचर फाइल सेलेक्ट गरेसँगै सेटिङमा गएर अन गर्न सकिन्छ । जब तपाईंले यसरी फाइल अफलाइनको लागि सेलेक्ट गर्नुहुन्छ ।

त्योसँगै तपाईंले त्यस्ता फाइल सहज रुपमा अफलाइनबाटै एक्सेस गर्न सक्नुहुनेछ । कम्पनीका अनुसार प्रयोगकर्ताले पीडीएफ, इमेज, माइक्रोसफ्ट अफिस फाइल अफलाइन एक्सेस गर्न सक्नेछन् । 

https://www.techpana.com/2021/101588/