काठमाडौं । निकै मितव्ययी भएर मोबाइल इन्टरनेट चलाउनुपर्ने परिस्थिति परिवर्तन गर्ने गरी नेपाल टेलिकमले तयारी थालेको छ । छोटो समय अवधिका लिमिटेड डेटा प्याक बिक्री गर्ने चल्तीको बजारलाई पछि पार्दै टेलिकमले नयाँ अनलिमिटेड डेटा प्याकहरू ल्याउने योजना बनाएको हो ।

 

कम्पनीका प्रबन्ध निर्देशक डिल्लीराम अधिकारीका अनुसार महिनाभर नै प्रयोग गर्न मिल्ने गरी अनलिमिटेड डेटा प्याक ल्याउने कम्पनीको योजना छ । निर्धक्कले इन्टरनेट चलाउन फ्री वाइफाई खोज्नुपर्ने परिस्थिति अब हुने छैन, कम्पनीका प्रबन्ध निर्देशक डिल्लीराम अधिकारीले भने, ‘अब छिट्टै सस्तो र महिनाभर नै अनलिमिटेड प्रयोग गर्न सकिने डेटा प्याक ल्याउँदै छौं ।’

उनका अनुसार करिब चार सय रुपियाँमै त्यस्तो डेटा प्याक उपलब्ध गराउने गरी व्यावसायिक योजना बनिरहेको छ ।

 

छोटो समय अवधिका लिमिटेड डेटा प्याक बिक्री गर्ने चल्तीको बजारलाई पछि पार्दै टेलिकमले नयाँ अनलिमिटेड डेटा प्याक ल्याउने योजनामा आक्रमक भएर लागिपरेको हो ।

 

खासगरी भ्वाइस कल र अन्तर्राष्ट्रिय कलबाट प्राप्त हुने आम्दानीमा भारी गिरावट हुन थालेपछि टेलिकम पछिल्लो समय सस्तो र लामो अवधिको डेटा प्याकमा केन्द्रित भइरहेको छ ।

 

अर्कोतिर डेटा प्रयोग बढे पनि त्यसलाई आम्दानीमा रूपान्तरण गर्न मुस्किल भइरहेको परिस्थितिमा अनलिमिटेड डेटा प्याकलाई टेलिकमले नयाँ आम्दानीको आधारका रूपमा हेरिरहेको अधिकारीको भनाइ छ ।

टेलिकमको तथ्याङरकअनुसार अहिले डेटा प्रयोग गर्नेमध्ये ९० प्रतिशतले प्याक लिएरै चलाउँछन् । बाँकी १० प्रतिशतले मात्र ‘पे एज यु गाे’ अर्थात् प्याक नलिई सामान्य रूपमै इन्टरनेट प्रयोग गर्छन् । डेटा प्याकको बढ्दो प्रयोगलाई कम्पनीको आम्दानी बढाउने माध्यमका रूपमा टेलिकमले नयाँ डेटा प्याक घोषणा गर्न लागेको हो ।

यसबाहेक कम्पनीले सर्वसुभल मूल्यमा ग्राहकलाई उपयोगी हुने डेटा प्याकको पनि अध्ययन गरिरहेको अधिकारीले जानकारी दिए ।

 

कोभिड–१९ सङरक्रमणका कारण भर्चुअल गतिविधि बढिरहेको अवस्थामा त्यस्ता क्रियाकलापलाई समेटरने गरी प्याक तयार गर्ने कम्पनीको योजना छ ।

यसअघि नै टेलिकमले विद्यार्थीलाई अध्ययनका लागि सस्तोमा डेटा प्याक उपलब्ध गराउँदै आएको छ । फोरजी प्रयोगकर्ता बढिरहेको अवस्थामा नयाँ प्रयोगकर्तालाई लक्षित गर्दै ठूला किसिमका डेटा प्याकमा पनि कम्पनीको ध्यान गएको अधिकारीले बताए । -गाेरखापत्र

https://www.techpana.com/2021/101732/