काठमाडौं । ‘एक शिक्षण संस्था, एक उद्यम कार्यक्रम’ का लागि इच्छुक विद्यालयले एक महिनाभित्र आफ्नो व्यवसायिक परियोजनाको प्रस्ताव पेस गर्नसक्ने भएका छन् ।

 

राष्ट्रिय युवा परिषदले बुधबार एक सूचना प्रकाशित गर्दै इच्छुक प्राविधिक तथा व्यावसायिक धार/शिक्षा सञ्चालित वा नमुना विकासका लागि छनोट भएका सामुदायिक माध्यमिक विद्यालयहरूले यो कार्यक्रमका लागि प्रस्ताव पेस गर्न आग्रह गरेको हो ।

इच्छुक विद्यालयले ‘एक शिक्षण संस्था एक उद्यम कार्यक्रम कार्यान्वयन कार्याढाँचा २०७८’ बमोजिम तोकिएको कागजात सहित प्रस्ताव पेस गर्नुपर्ने छ ।

 

यसबारे थप विवरण थाहा पाउन राष्ट्रिय युवा परिषदकाे वेबसाइट भिजिट गर्न सकिने छ ।