काठमाडौं । दूरसञ्चार क्षेत्रको नियामक निकाय नेपाल दूरसञ्चार प्राधिकरणले कुनै वेबसाइट बन्द गराएपश्चात उक्त साइटमा देखिने सन्देश तय गरेको छ ।

 

हाल प्रेस काउन्सिल नेपाल तथा अन्य निकायहरूको अनुरोधमा प्राधिकरणले निर्देशन दिएपश्चात् इन्टरनेट सेवा प्रदायकहरूले वेबसाइट बन्द गर्ने प्रावधान रहेको छ ।

त्यसरी वेबसाइट बन्द गर्दा साइटको सट्टा सेवाप्रदायकले सेवाग्राहीलाई सम्प्रेषण गर्ने सन्देशमा एकरूपता कायम गर्नुपर्ने भन्दै नयाँ सन्देश कायम गरेको हो ।

 

त्यसैका आधारमा प्राधिकरणले इन्टरनेट सेवाप्रदायकलाई यस विषयमा पत्र काट्दै जानकारीसमेत गराइसकेको छ ।

 

यसअघि प्राधिकरणले इन्टरनेट सेवा प्रदायकलाई पोर्न साइट बन्द गर्न निर्देशन दिएको थियो । भने, अन्य थुप्रै वेबसाइटमाथि पनि प्रतिवन्ध लगाइएको छ ।

 

अब त्यस्ता वेबसाइटमा ‘तपाईंले ब्राउजरएक्सेस गर्न खोज्नु भएको वेबसाइटमा मुलुकी अपराध संहिता ऐन, २०७४ को दफा १२१ तथा अन्य प्रचलित कानूनले बन्देज लगाएको सामग्रीहरू रहेकाले, साथै नियमानुसार नेपालमा दर्ता एवं सूचीकरण नभएकाले नेपाल सरकारको दूरसञ्चार क्षेत्रको नियामक निकाय नेपाल दूरसञ्चार प्राधिकरणको निर्देशन अनुसार त्यस्ता सामग्रीहरूको पहुँचमा रोक लगाइएको छ’ भन्ने सन्देश देखिने छ ।

https://www.techpana.com/2021/101872/