काठमाडौं । अब सरकारले अनलाइन सञ्चार माध्यमलाई पनि लोक कल्याणकारी विज्ञापन उपलब्ध गराउने भएको । अर्थमन्त्री जनार्दन शर्मा ‘प्रभाकर’ ले शुक्रबार संघीय संसद्‌मा प्रस्तुत गरेको अर्थसम्बन्धी अध्यादेश प्रतिस्थापन गर्ने विधेयक मार्फत यस्तो घोषणा गरेका हुन् ।

 

‘लोक कल्याणकारी विज्ञापनको दायरा विस्तार गरी अनलाइन मिडियालाई पनि लोक कल्याणकारी विज्ञापन उपलब्ध गराउने व्यवस्था मिलाएको छ,’ प्रतिस्थापन विधेयक प्रस्तुत गर्दै अर्थमन्त्री शर्माले भने  । यसअघि सरकारले वर्गीकरणमा परेका पत्रपत्रिकालाई मात्र यस किसिमको विज्ञापन उपलब्ध गराउँदै आएको थियो । 

https://www.techpana.com/2021/102041/