सबै जनालाई नमस्कार , म मनोज श्रेष्ठ , कृषि तथा बन बिज्ञान बिश्वबिद्धालयमा , कृषि संकाय अन्तर्गत तेस्रो सत्रान्त्रमा अध्यनरत एक बिद्यार्थी साथै youth opportunity Nepal को एक school Change Maker।

youth opportunity एक अन्तरास्ट्रिय अवसरहरुको आदानप्रदान गर्ने एउटा सामाजिक  संस्था हो। लाखौ , करोडौ युवा हरुले नयाँ नयाँ महत्वपुर्ण अवसरका सुचनाहरु निशुल्क रुपमा पाउने एक विस्वासीलो प्लेट फर्म हो।YO ले विश्वका अनगिन्ति अवसरहरुलाई छिटो र सजिलो रुपमा लाखौ युवाहरु माझ निसुल्क रुपमा प्रदान गर्ने गर्दछ। YO ले युवाहरुको बिकाश गर्दै , राम्रो राम्रो स्तर का , सिक्ष्या साथै व्यक्तित्व बिकाश गर्ने अवसरहरु प्रदान गर्ने र  गर्दै आएको छ।

YO को उदेश्य भनेको संसारका हरेक युवाहरुलाई विभिन्न अवसरहरुको सुचना आदानप्रदान गरि उनीहरुलाई सफलताको बाटो मा हिड्न मदत पुर्याउनु हो।

YO ले अवसर खोज्ने र अवसर प्रदान गर्ने मानिस हरुको बिचमा भएको ज्ञाप ( Gap ) लाइ एउटा पुलले जोडको छ। जुन दुवै अवसर खोज्ने र प्रदान गर्ने मानिसहरुलाई नाफा र सजिलो भएको छ , एक आपसमा  अवसरको सूचना आदान -प्रदान गरेर हजारौ युवाहरु YO मा प्रत्येक दिन जोडिरहेका छन्। उनीहरुको व्यक्तिगत र व्यवसायिक वृद्धि बिकास गराउनका लागि मुख्य कारणहरु

निशुल्क रुपमा सयौं अन्तरास्ट्रिय अवसरहरुको सूचना प्राप्त गर्न सकिने

स्थानीय र विश्वका युवा नेता तथा मान्छे हरुसंग जोडिन सकिन्छ

यसले अवसर प्रदान गर्ने र खोज्ने बिचमा प्रत्यक्ष्य सम्बन्ध बनाउछ

 

म मेरो अनुभबका कुराहरु गर्न चाहे।  मैले YO नेपाल परिवार मा आबद्ध भएको खासै धेरै पनि भएको छैन। मैले यो भन्दा अघिल्लो लकडाउनको बेला देखि मात्र आबद्ध भएको हु।

हामीलाई थाहै छ , नेपालमा अवसरका धेरै कुरा  तथा सूचना हरु केन्द्रकेन्द्रित छ।  मतलब माथिल्लो निकायबाट तल्लो विभिन्न निकाय वा व्यक्ति हरु बिचमा पुग्दैन , बिचमै हराउछ

नाताबादका कारण नेपालमा धेरै मानिसहरु अवसर साथै अवसरका सुचनाहरु पाउनबाट बन्चित भएका छन। सूचना तल्लो तहमा पुगे पनि अवसरको समाप्त मिति सकिएको वा अवसरका लागि मानिसहरु पूर्ण भएको हुन्छ।  जसले गर्दा मानिसहरुले अवसर साथै अवसरका सुचनाहरु प्राप्त गर्नबाट बन्चित भएका छन्।

साथै म उपत्यका बाहिरको मान्छे भएको नाताले केहि भन्न चाहे।  प्राय उपत्यका भन्दा बाहिरका मान्छेहरुले विभिन्न महत्वपुर्ण अवसर र अवसरका सुचनाहरुको जानकारी पाउदैनन किनकि नेपालमा अवसरका जानकारीहरु केन्द्रियकरण छ ।  मैले उपत्यकाका मान्छेहरुलाई खराब , मतलबी भन्न खोज्या होइन तर नेपालको प्रणाली नै येस्तै छ।  उपत्यका भन्दा बाहिर अवसर र अवसरका कुराको  जानकारीहरु पुग्न अलि समयनै लाग्छ , धेरै जसो पुग्दैन पनि।  पुगिहाले पनि नाताबादका कारणले आफ्नो-आफ्नो नाताका मान्छे हरुमा मात्र पुग्छ।  मैले यी कुराहरु  भनिराछु किनकि मैले यस्ता कुराहरु भोगेको छु। 

YO नेपाल मा आबद्ध हुनु भन्दा अगाडी नि म चितवनमा अध्यनरत थे तर चितवनमा नि आफ्नो मान्छे नभई , शक्ति नभई अवसर र अवसरका सुचनाहरु प्राप्त नहुने रैछ। मैले सबै , सबै थोक नराम्रो भन्न खोज्या नि हैन , मात्र एस्तो भन्न खोज्या होकी नेपालको प्रणाली नै येस्तै छ , जसको शक्ति उसको भक्ति , नाताबाद हुन्छ।

 

नेपालमा अवसर प्रदान गर्ने र खोज्ने इच्छुक बिचमा ठुलो खाली (GAP ) छ। जसले गर्दा अवसर प्रदान गर्नेले अवसरको सूचना धेरै युवा , इच्छुक मानिसहरु बीच पुर्याउन सकेको छैन र राम्रो उपयुक्त उम्मेद्द्वार, सहभागी हरुलाई चुन्न ( सेलेक्ट गर्न) नि सकेको छैन।  साथै अवसर खोजकहरु पनि अवसर र अवसरका सुचनाहरु प्राप्त गर्न नपायर , आफु लायक र इच्छुक भएको जागिर वा अवसर प्राप्त गर्न सकेका छैनन्। तर YO नेपालले बिचको त्यो ठुलो खाली ठाउँ ठुलै एउटा पुलको माध्यमले जोडेको छ।

म YO नेपालमा कसरि आबद्ध भएभने मलाई ठ्याक्कै मिति त थाहा छैन तर अघिल्लो लकडाउनको बेला भएको हु।  त्यति बेला मेरो पुर्बका पुर्बेली दाजु सागर कोइराला YO नेपालको सदस्य हुनुहुन्थियो र उहाले मलाइ यस YO नेपालको फेसबुक ग्रुप मा आबद्ध हुन अनुरोध गर्नु भयो र म ग्रुपमा आबद्ध पनि भए।  आज म उहा सागर दाइ संग धेरै नै आभारी छु किनकि मैले यस ग्रुप मा आबद्ध भएपछी धेरै अवसरहरु प्राप्त गरे।

म यस ग्रुपमा आबद्ध हुदा लगभग ४ हजार देखि ४५ सय जना थिए पछि यस समूहको लोकप्रियता बढ्दै बढ्दै गयो , निस्पक्क्ष्य र निशुल्क रुपमा अवसरका सूचना आदानप्रदान गर्ने माध्यम भयपछि , अहिले यो ग्रुपमा लगभग १३ हजार जनाको समूह छ।

म के मान्दछु भने अवसर र अवसरका सूचना सबले पाउन पर्छ।  यो मानिसको हक अधिकार हो।  जब सम्म अवसर र अवसरका सुचनाहरु पूर्ण रुपमा सबै छेत्र र मानिसबीच समान रुपले पुग्दैन तबसम्म देशको समानान्तर विकास हुन सक्दैन।  जस्तै एउटा मेरै उदाहरण भनम , म एउटा कृषिको बिद्यार्थी , मेरो घर मोरंग पढाईको क्रममा चितवनमा आएर बसेको एक युवक , जसको चितवनमा कोइ नातेदार छैन , माथिल्लो तहमा मान्छेहरु छैन , मध्यमबर्गी परिवारबाट आएको मान्छे हो त्यसैले उसले अवसर र अवसरका सूचनाहरु पाउन गारो गारो पर्छ , अवसरहरु नाताबाद , केंद्रियकरणको कारणले बिचमै हराउछन ।

अरु कुरा त छाेडम्, सरकारी संस्था र छेत्रको कुरा गरम , यी सरकारी निकायहरुको सूचना प्राप्त गर्न त हम्मे हम्मे पर्छ , पाइयो भने त सुन भेट्टाय जस्तो हुन्छ। अवसर र यसका सुचनाहरु प्राप्त गर्न सारै गारो हुन्छ वा पाउदै पाउदैनन बिचमै हराउछ , धेरै जसो पाइहाले पनि मिति सकियपछि मात्र पाउने झन् सूचना त त्यतिबेला थाहा हुन्छ कुनै पनि सरकारी निकाय र निकायको मान्छेले अवसरका कार्यक्रम भैसकेपछि सबैलाई समेटेर भब्यपुण समाप्त भयो भन्ने प्रकासित समाचार फेसबुकमा सेयर गर्छन अनि मात्र थाहा पाइन्छ कि यो पनि अवसर आको रछ है भनेर।

 

जब म यस समूहमा आबद्ध भए मैले धेरै अवसरहरु पाए।  लकडाउनमा खाली समय नि थियो सदुपयोग पनि भयो , यस समूहमा प्रवेश गर्नुभन्दा अगाडी म देशको विभिन्न ठाउँमा कस्तो कस्तो अवसरहरु खुल्या छ , को को सामेल हुन पाउछन भन्ने कुराहरु त्यति थाहा हुन्न थियो तर यस समूहमा आबद्ध भए पछि मेरो व्यक्तिकत विकासका साथै अन्य सिपहरु पनि सिके, जस्तै पब्लिक स्पिकिंग ,Research article writing , content writing ,review paper , agriculture related trainings, programs, business strategy , proposal writing, MS Word, powerpoint, photoshop , Canva  आदि। साथै म धेरै संस्था र तिनीहरुको तालिममा नि आबद्ध हुने अवसर पाए र धेरै कुरा सिके। म आबद्ध भएका केहि संसंस्थाहरु यसप्रकार छन् : Geo-Krishi, GPW, SOCHAI,Hult Prize AFU, LEO Club लगायत धेरै संसंस्था हरु , साथै लकडाउनमा  मेरो connection  हरु पनि बढ्यो , धेरै मान्छेहरुलाई चिने। यसको लागि म YO नेपाललाइ धेरै धेरै धन्यबाद भन्न चाहन्छु।

 

लकडाउन भन्दा अगाडीको मनोज र पछाडिको मनोज पूर्ण रुपमा फरक भयो , आकाश - पातालको फरक भयो।

लकडाउन त मेरो लागि स्वर्णरुपी समय जस्तो भयो । १,२,३,४,५,६, महिनाको पनि तालिमहरु लिने अवसरहरु पाए।

हुदा- हुदा मेरो साथी हरुले मैले दिनदिनै एउटा Certificate फेसबुकको My Story मा हाल्ने भएकाले   मलाई Certificate Man को उपनाम समेत दिएका थिए।

यसरि YO नेपाल बाट धेरै कुराहरु पाए र पाइरहेको पनि छु र हजुर हरुले पनि अबस्य पाउनु हुनेछ र पाई राख्नु भाको छ। समयको सदुपयोग गर्नुस स्मार्ट बन्नुस।

येसरी मैले धेरै अवसर हरु पाए मैले मेरो धेरै विकास गरे र मलाई के लाग्न थाल्यो भने यो एउटा राम्रो अवसर प्राप्त गर्ने ठाउँ मैले पाए , अरुले नि पाउन पर्छ म जस्ता मान्छेहरु धेरै छन् मैले YO नेपाल बाट धेरै पाए र पाउने क्रम पनि जारि नै छ मैले सके सम्म यस समुहको उधार चुक्ता गर्न अवसरहरु सेयर गरि रहेको छु। अनि धेरै साथी हरुलाई यस समुहमा आबद्ध हुन अनुरोध गरिरहेको छु र आबद्ध भैरहेकापनि छन् ।

मेरो YO नेपालसंग मेरो येस्तै यात्रा थियो र चलिरहेको छ।अन्तत: म YO नेपाल अनि सागर दाइलाइ धन्यबाद भन्न चाहन्छु। अनि सम्पूर्ण दाजु भाइ दिदि बैनीहरुलाई पनि यस समूहमा आबद्ध हुन र गराउन हुन हार्दिक अनुरोध गर्दछु ताकी अहिलेका युवाहरु अवसरका सूचना हरु बाट बन्चित हुन नपरोस।

जय देश ! जय नेपाल !!

सामाजिक दुरी कायम गरौ ! कोरोना बाट बचौ !!