काठमाडौं । गुगलले करिब एक दर्जन देशमा काम गरिरहेका हजारौं अस्थायी कर्मचारीलाई तोकिएको तलब नदिएको पाइएको छ ।

 

एक रिपाेर्टले सार्वजनिक गरेकाे विवरणअनुसार युरोप र एसियाली क्षेत्रका देशहरूमा गुगलले लामो समयदेखि पूर्वनिर्धारित तलब दिएकाे छैन ।

बेलायतमा स्थानीय नियमअनुसार अस्थायी कर्मचारीलाई पनि स्थायी कर्मचारीलाई जत्तिकै तलब दिनुपर्ने नियम पुरा गर्न गुगलले नसकेको अध्ययनले देखाएको छ ।

 

दि गार्डियनले सार्वजनिक गरेको साे रिपोर्टमा अस्थायी कर्मचारीको लागत बढेको भन्दै गुगलले विगत दुई वर्षदेखि कर्मचारीको तलबको बेवास्ता गरेको उल्लेख छ ।

 

बेलायत, युरोपेली युनियन आवद्ध देशसहितलगायत एसियाका भारत र ताइवानमा पनि अस्थायी कर्मचारीलाई पनि स्थायी कर्मचारी बराबर तलब दिने नियम गुगलको छ ।

 

यद्यपि सबैभन्दा धेरै अस्थायी कर्मचारी भएको देश अमेरिकामा भने यस्तो नियम छैन । यस्तो नियम भएका देशमा मात्र गुगलका एक हजार बढी अस्थायी कर्मचारी रहेको रिपोर्टले देखाएको छ ।

जसमध्ये ३४३ बेलायतमा, २२२ भारतमा, २०७ आइल्याण्डमा, ५९ जर्मनीमा, ४४ नेदरल्याण्डमा, ३० फ्रान्समा र २६ जना पोल्यान्डमा रहेका छन् ।

त्यस्तै यस्तै नियम भएका अन्य देशहरू अर्जेन्टिना, अष्ट्रेलिया, ब्राजिल, क्यानडा, इजरायल, स्विजरल्यान्ड र ताइवान रहेका छन्, जहाँ करिब कुल ३५० भन्दा बढी अस्थायी कर्मचारी रहेका छन् ।

 

एक आन्तरिक अध्ययनका अनुसार यो नियमलाई निरन्तरता दिन गुगललाई करिब एक करोड ७३ लाख अमेरिकी डलर (एक अर्ब २७ करोड रुपैयाँ) को आवश्यकता छ, जसमध्ये एक करोड २६ लाख अमेरिकी डलर (९२ करोड ६४ लाख रुपैयाँ) अस्थायी कर्मचारीको तलब र बोनसको लागि जान्छ ।

गुगलले अस्थायी कर्मचारीलाई कानूनी रुपमा दिनुपर्ने तलब र सुविधाको रकम सन् २०१७ देखि २०२० सम्म आउँदा करिब ३९ प्रतिशतले बढेको छ ।

यस्तो रकम सन् २०१७ मा १९७,२७४ अमेरिकी डलर थियो (एक करोड ४५ लाख रुपैयाँ) भने २०२० मा यो रकम २७३,४९३ अमेरिकी डलर (दुई करोड एक लाख रुपैयाँ) पुगेको छ । 

https://www.techpana.com/2021/102178/