काठमाडौ । महंगो पेट्रोल र डिजेलले आम मानिसलाई समस्या पारिरहेको समयमा भारतमा संसारको सबैभन्दा सस्तो विद्युतीय कार आएको छ । मुम्बईस्थित एक स्टार्टअप कम्पनीले यस्तो इलेक्ट्रिक कार ल्याएको हो । 

स्ट्रोम मोटर्स कम्पनीले निर्माण गरेको यो इलेक्ट्रिक कारको अहिले बुकिङ खुला गरिएको छ ।  यो अहिले मात्र १० हजार भारु अर्थात १६ हजार नेपाली रुपैयाँमा बुकिङ हुँदैछ । नेपालमा विद्युतीय सवारीमा कर छुट दिएको हुनाले नेपालमा पनि भारतको मूल्यमा नै उपलब्ध हुने अपेक्षा गरिएको छ । हाल भारतको मुम्बई र दिल्लीमा मात्र बुकिङ खुला गरिएको हो । 

यो इलेक्ट्रिक कार तीन पाङ्ग्रे छ । तर यो तीन पाङ्ग्रे जस्तो देखिदैन । यही नै यो कारको सबैभन्दा अनौठो पक्ष हो । यस्तै यसको अगाडि दुई पाङ्ग्रा र पछाडि एक पाङ्ग्रा रहेको छ । त्यसैले यो सामान्य कार जस्तै देखिन्छ । यसको तीनवटै पाङ्ग्रा फ्लाईव्हील अर्थात विमानको पाङ्ग्राकै जस्तो विशेषतायुक्त छन् । त्यसैले यो कारको गति निकै आश्चार्यजनक रहेको कम्पनीको दाबी छ । 

यसमा अत्यन्तै क्षमतावान व्याट्री जडान गरिएको छ । एक पटकको चार्जमा २०० किमी यात्रा गर्न सकिन्छ । स्ट्रोम आर ३ एकल चार्जमा करिब २०० किलोमिटर यात्रा गर्न सक्ने कम्पनीको दाबी छ। यसमा फोर जी जोडिएको डायग्नोस्टिक इन्जिन जडान गरिएको छ । यसले चालक ट्र्याक स्थान र चार्जको स्थिति बताउछ । 

स्ट्रोम मोटर्सका अनुसार यसको बुकिङ्ग अबको केही सातासम्म खुल्ला रहनेछ। जसमा खरिदकर्ताले ५० हजार रुपैयाँसम्मको छुट, आफूलाई मनपर्ने रंगको विकल्प, प्रीमियम अडियो प्रणाली र तीन बर्षको लागि निःशुल्क मर्मत सम्भारको सेवा समेत उपलब्ध हुनेछ । 

कम्पनीका अनुसार यो दुई सिटर इलेक्ट्रिक कारको डिलिभरी सन् २०२२ को प्रारम्भसँगै शुरु हुनेछ। मिडिया रिपोर्टका अनुसार कम्पनीले अहिलेसम्म यसको मुल्य मात्र चार लाख ५० हजार राखेको छ । नेपालमा पनि यो आठ लाख रुपैयाँसम्ममा उपलब्ध हुने अनुमान छ । 

कम्पनीको दाबी अनुसार यो कार विशेष गरी शहरमा दैनिक ५० देखि ८० किलोमिटरसम्म यात्रा गर्न चाहनेहरुलाई ध्यानमा राखेर डिजाइन गरिएको हो । यो कार चलाउने लागत प्रति किलोमिटर मात्र ४० पैसा लाग्ने बताइएको छ। हाल यो कार तीन भेरियन्टमा उपलब्ध हुनेछ।

https://www.janatasamachar.com/detail/271656