काठमाडौं । सानिमा बैंकका ग्राहकले शुन्य ब्याजदरमा किस्ताबन्दीमा सामसङका स्मार्टफोन किन्न पाउने भएका छन् ।

 

हालै बैंक र सामसङ मोबाइल फोनका आधिकारिक बिक्रेताहरु आईएमएस नेपाल र हिम इलेक्ट्रोनिक्स (सामसङ प्लाजा) बीच शुन्य प्रतिशत मासिक किस्तामा स्मार्टफोन प्रदान गर्ने सम्झौता भएको हो ।

यसअन्तर्गत सानिमा बैंकका ग्राहकलाई ग्यालेक्सी जेड फोल्ड थ्री, जेड फ्लिप थ्री लगायत सामसङका फ्ल्यागशिप स्मार्टफोन शुन्य प्रतिशत मासिक किस्तामा उपलब्ध गराइने छ ।

 

सम्झौता अनुसार यी फाेन मासिक किस्तामा १२ महिना समयावधिको लागि प्रि-बुकिङ गर्न सकिने छ ।

 

यसका साथै प्रि-बुकिङ्गमा आकर्षक उपहार पनि प्राप्त गर्न सकिने जनाइएको छ ।

 

भदौ २० गतेबाट प्रि-बुकिङ्ग सुरु भएको उक्त मोबाइल फोनको औपचारिक लञ्च आश्विन ६ गते हुनेछ ।

प्रि-बुकिङ्ग आईएमएस स्मार्ट तथा सामसङ प्लाजास्थित हिम इलेक्ट्रोनिक्सको नेपालभर रहेका आधिकारिक आउटलेटबाट गर्न सकिने छ ।

सानिमा बैंकको क्रेडिट कार्डका लागि आवेदन दिन यहाँ क्लिक गर्नुहाेस् ।

https://www.techpana.com/2021/102400/