काठमाडौं । लामो प्रतिक्षापछि मंगलबार एप्पलले आफ्नो नयाँ डिभाइसहरू सार्वजनिक गर्दैछ । भर्चुअल एप्पल इभेन्टमा आईफोन १३ सिरिजका फोनहरू पनि सार्वजनिक हुने खबर आइरहँदा ‘आईफोन १३ प्रो’ काे डिजाइन बाहिरिएकाे छ ।

 

केही दिनअघि मात्र आईफोन १३ को नाइट मोड, सिनेम्याटिक भिडिओ मोड र लामो समयसम्म टिक्ने ब्याट्री लगायतका केही फिचरको बारेमा सूचना बाहिरिएको थियो ।

त्यस्तै यो फोन १२० हर्ज रिफ्रेस रेट सहितको डिस्प्लेमा उपलब्ध हुने पनि बताइएको छ । यसैबीच आईफोन १३ प्रो कस्तो देखिन्छ भनेर यसको डमी डिजाइन बाहिरिएकाे छ ।

 

स्ल्यासगियरको रिपोर्ट अनुसार उक्त डिजाइन चिनियाँ साइट विबोमा देखिएको हो, जसले आईफोन १३ प्रोको फाइनल डिजाइन यही नै हो भनेर पनि दाबी गरिएकाे छ ।

 

बाहिरिएको सूचना अनुसार आईफोन १३ प्रोको पछाडि तीनवटा क्यामेरा रहेका छन् । त्यस्तै यसमा रहेको ‘नच’ आईफोन १२ को भन्दा सानो हुने बताइएको छ ।

 

स्पिकरलाई अलिकति माथि सारेर फेस आईडीको सेन्सरहरू संकचित गरेर ‘नच’ लाई सानो बनाएको डिजाइनमा देखिएको छ ।

यद्यपि अन्डर डिस्प्ले फेस आईडी भने आईफोन १३ मा नभई अर्को वर्ष आईफोन १४ मा उपलब्ध हुने अनुमान गरिएकाे छ । आईफोन १३ मा टच आईडी फिचर पनि उपलब्ध गराइएको छैन ।

रिपोर्टका अनुसार आईफोन १३ मा ए१५ बायोनिक चिप प्रयोग गरिएको छ, जसले स्याटेलाइट कम्युनिकेसनमा मद्दत गर्ने बताइएको छ ।

 

त्यस्तै यसमा फाइभजी कनेक्टिभिटी सपोर्ट पनि रहने छ ।

समग्रमा भन्नुपर्दा आईफोन १३ पूर्ववर्ती आईफोन १२ भन्दा खासै फरक छैन । यद्यपि यसका कलर भने केही फरक हुने अनुमान गरिएको छ ।

https://www.techpana.com/2021/102408/