काठमाडौं । भारत र सिंगापुरबीच डिजिटल कारोबार सहज बनाउन सहकार्य भएको छ ।

 

भारतीय नागरिकले भारतकाे डिजिटल पेमेन्ट प्लेटफर्म सिंगापुरमा र सिंगापुरका नागरिकले सिंगापुरको डिजिटल पेमेन्ट प्लेटफर्म भारतमा सञ्चालन गर्ने उद्देश्यसहित क्रस बोर्डर कारोबारको लागि दुवै देशका केन्द्रीय बैंकले प्रक्रिया अगाडि बढाएका छन् ।

भारतको युनिफाइड पेमेन्ट इन्टरफेस (यूपीआई) र सिंगापुरको ‘पे नाउ’ एपलाई एकीकृत गरेर सन् २०२२ को जुलाई महिनासम्म सञ्चालनमा ल्याउने लक्ष्य रहेको भारतीय रिजर्व बैंकले जनाएको छ ।

 

यो प्रणाली लागू भएसँगै यी दुवै एपका प्रयोगकर्ताले भारत र सिंगापुरमा सहज तरिकाले डिजिटल पेमेन्ट गर्न सक्नेछन् ।

 

सिंगापुरको नियामकले जारी गरेको एक प्रेस विज्ञप्तीअनुसार भारतबाट सिंगापुरमा कारोबार गर्नको लागि आफ्नै नम्बर प्रयोग गर्न सकिन्छ भने सिंगापुरबाट भारतमा कारोबार गर्नको लागि भर्चुअल पेमेन्ट एड्रेस (भीपीए) प्रयोग गर्नुपर्ने हुन्छ । 

https://www.techpana.com/2021/102506/