काठमाडौं । केन्द्रीय बैंकले मोबाइल बैंकिङमार्फत रकम ट्रान्सफर गर्दा लाग्ने शुल्क तोकिदिएको छ । मंगलबार भुक्तानी प्रणाली सम्बन्धी एकीकृत निर्देशिका जारी गर्दै नेपाल राष्ट्र बैंकले यस्तो व्यवस्था गरेको हो ।

 

निर्देशिका अनुसार बैंक तथा वित्तीय संस्थाका ग्राहकले मोबाइल बैंकिङमार्फत विद्युतीय रकम ट्रान्सफर गर्दा निश्चित तहसम्मको अधिकतम शुल्क मात्र लिन पाउनेछन् । जसअनुसार सेवाप्रदायकले ५० हजार रुपैयाँसम्मको कारोबारमा प्रतिकारोबार अधिकतम १० रुपैयाँ सेवा शुल्क लिन सक्नेछन् ।

त्यस्तै ५० हजार रुपैयाँभन्दा माथि एक लाख रुपैयाँसम्मको रकम ट्रान्सफर गर्दा प्रति कारोबार अधिकतम २० रुपैयाँ र त्यसभन्दा माथि प्रति कारोबार अधिकतम ३० रुपैयाँको सीमा लगाइएको छ । यसअघि यस्तो शुल्क सम्बन्धी स्पष्ट व्यवस्था भएको थिएन । जसले गर्दा सेवाप्रदायकबीच सेवा शुल्कमा भारी अन्तर देखिने गरेको थियो । 

https://www.techpana.com/2021/102563/