काठमाडौं । नेपालको अग्रणी भुक्तानी प्रणाली सञ्चालक फोन पे पेमेन्ट सर्भिस लिमिटेडमा मर्चेन्टको संख्या पाँच लाख पुगेको छ । स्थापनाको दुई वर्षमै फोन पेमा मर्चेन्टको संख्यामा उल्लेख्य वृद्धि भएको हो ।

 

कम्पनीले सेवा सुरू गर्ने बित्तिकै कोभिड-१९ महामारीका कारण लामो समय लकडाउनमा बस्नु परेपनि विभिन्न बैंक तथा वित्तीय संस्थासँगको सहकार्यमा मर्चेन्टको संख्या बढाउन सफल भएको कम्पनीले जनाएको छ ।

हाल फोन पेको क्यूआरमार्फत दैनिक ५० हजार कारोबारबाट ३० करोडभन्दा माथिको कारोबार हुँदै आएको छ ।

 

यस्तै अन्तरबैंक रकम ट्रान्स्फर, फोन पे डाइरेक्ट लगायत गरी दैनिक एक अर्ब रूपैयाँ बराबरको सेटलमेन्ट हुँदै आएको छ ।

 

फोन पे बैंकिङ र मर्चेन्ट विस्तारको हिसाबले नेपालका सात वटै प्रदेशमा पुगिसेकको छ ।

 

६० प्रतिशत मर्चेन्ट बागमती प्रदेशमा रहेका छन् भने बाँकी ४० प्रतिशत मर्चेन्ट अन्य प्रदेशमा फैलिएकाे कम्पनीले जनाएकाे छ ।

फोन पे एउटा भुक्तानी प्रक्रिया नेटवर्क हाे, जसले ग्राहक, बैंक तथा वित्तीय संस्था, मर्चेन्ट तथा सरकारलाई एउटै इन्टरनेट नेटवर्कमा जोड्छ ।

फोन पे नेटवर्कले भुक्तानी गर्न सजिलो, सुरक्षित र सबैको पहुँचमा पुर्‍याएर मोबाइल बैंकिङलाई दैनिक गरिने आर्थिक क्रियाकलापमा अझ सक्षम र सजिलो बनाएको कम्पनीकाे दाबी छ ।

https://www.techpana.com/2021/102650/