काठमाडौं । सामसङ ग्यालेक्सी नोट सिरिजको विषयमा धेरै हल्ला चल्दै आएको छ । त्यसमध्ये सबैभन्दा बढी चर्चामा सामसङले नोट सिरिजलाई बन्द गर्दै छ भन्ने नै हो ।

 

जब सामसङले ग्यालेक्सी जेड फोल्ड थ्री ‘एस पेन’ का साथ सार्वजनिक गर्‍यो, तब धेरैले सामसङको नोट सिरिज बन्द हुने अनुमान लगाए ।

अर्कोतर्फ सामसङ एस२१ अल्ट्राले पनि ‘एस पेन’ सपोर्ट गर्ने भएसँगै उक्त अनुमानमा थप बल पुग्यो ।

 

किनभने ‘एस पेन’ कुनै समय एक्सक्लुसिभ रुपमा ग्यालेक्सी नोटका लागि तयार पारिएको थियो । जब यो पेन अन्य डिभाइसमा समेत उपलब्ध हुन थाल्याे, धेरैले ग्यालेक्सी नोट सिरिजमा थप नयाँ उत्पादन नआउने अनुमान गरे ।

 

तर, पछिल्लो प्रतिवेदनअनुसार सामसङ ग्यालेक्सी नोट सिरिजका लागि काम गरिरहेको पाइएको छ । कम्पनीले सन् २०२२ का लागि उक्त डिभाइस तयार गरिरहेको जानकारी सार्वजनिक भएको छ ।

 

पक्कै पनि ग्यालेक्सी नोट २२ को मुख्य फिचर भनेको ‘एस पेन’ नै हो । तर, हाल सार्वजनिक भएको प्रतिवेदन अनुसार सामसङले नयाँ ‘एस पेन’ मा थप फिचरहरू समेत उपलब्ध गराउने छ ।

लेट्स गो डिजिटलले सामसङको पछिल्लो प्याटेन्ट सार्वजनिक गरेको छ । जसमा ‘एस पेन’ मा वायरलेस क्यामेरा उपलब्ध हुने देखिएको छ ।

यसले फ्रन्ट क्यामेरालाई रिप्लेस गरेर म्याग्नेटिक पपअप क्यामेराको काम गर्नेछ । दोस्रो भनेको यो क्यामेरालाई पूर्ण रुपमा रिप्लेस गरेर वायरलेस क्यामेराको रुपमा प्रयोग गर्न सकिने छ

https://www.techpana.com/2021/102699/