काठमाडौं । माइक्रोसफ्टले आफ्नो अकाउन्ट वा विण्डोजमा पासवर्ड डिलिट गरी अथेन्टिकेटर एपमार्फत लगइन गर्न सकिने सुविधा ल्याएको छ ।

 

माइक्रोसफ्टले बिजनेस युजरका लागि मार्चदेखि नै यो सुविधा दिँदै आएको भएपनि अब सबै प्रयोगकर्ताले यो फिचर प्रयोग गर्नसक्ने छन् ।

माइक्रोसफ्ट वा विण्डोज सबै प्रयोगकर्ताका लागि यो सुविधा उपलब्ध हुनेछ । आफ्ना सबै कर्मचारीले पासवर्डबिनै अथेन्टिकेटर एपमार्फत लगइन गर्न सकिने सुविधा प्रयोग गरिरहेको माइक्रोसफ्टले जनाएको छ ।

 

पासवर्डबिनाको लगइन फिचर सुरु गर्दा प्रयोगकर्तालाई माइक्रोसफ्ट अकाउन्टले फिङ्गरप्रिन्ट वा मोबाइलमार्फत अन्य सुविधा प्रयोग गरी लगइन गर्न सकिने सुविधाको विकल्प दिनेछ ।

 

पासवर्डबाट लगइन गर्नुभन्दा अन्य तरिकाबाट लगइन गर्नु बढी सुरक्षित भएको कम्पनीको दाबी छ ।

 

फोन हराउँदा वा बिग्रिँदा अथेन्टिकेटर एपमा प्रयोगकर्ताको पहुँच गुमेपनि विण्डोज हेलो फेसियल रिगग्निसन, ईमेल वा एसएमएसमार्फत अकाउन्टमा लगइन गर्न सकिने माइक्रोसफ्टले जनाएको छ ।