काठमाडौं । यदि तपाईं क्रोम प्रयोग गर्नुहुन्छ भने, कुनै किसिमको ढिलाई नगरी तुरुन्तै अपडेट गर्नुहोस् । यो गुगलको तर्फबाट जारी चेतावनी हो । 

 

अर्बौंको सङ्ख्यामा रहेका आफ्ना प्रयोगकर्तामाथि सुरक्षा खतरा उत्पन्न भएपछि गुगलले यस्तो सूचना जारी गरेको हो । हालसालै ९३.०.४५७७.८२ प्याचमा सुरक्षा सम्बन्धी जोखिमपूर्ण ११ कमजोरी सुधार गरिएको थियो । 

उक्त अपग्रेडबाट गुगल क्रोममा दुईवटा बग भेटिएका थिए । जसलाई ‘जेरो डे’ रेटिङ दिइएको छ । 

 

लाखौँको सङ्ख्यामा भएका प्रयोगकर्तालाई सुरक्षित राख्न गुगलले आफ्ना लोकप्रिय सफ्टवेयरमा अपडेट सुरु गरेको छ । गुगल क्रोम प्रयोग गर्दा अपडेट भएको सुनिश्चित गरी सुरक्षित रहन गुगलले सचेत गराएको छ । 

 

‘जेरो-डे’ चेतावनी सबै ग्याजेट प्रयोगकर्ताका लागि नराम्रो सपना हुने गर्छ । किन कि ‘जेरो-डे’ को मौका छोपेर ह्याकरले तुरुन्तै निसाना साँध्न सक्छन् । ह्याकरहरूले यस्ता रेटिङ भएका सफ्टवेयरहरूको फाइदा उठाउन थालेका छन् ।

 

जसका कारण गुगलले सफ्टवेयरहरू अपडेट गर्न हतारो देखाएको हो । विन्डोज, लिनक्स र म्याकका लागि ९३.०.४५७७.८२ अपडेट गरिएको र चाँडै नै जारी हुने गुगलले क्रोम ब्लगमार्फत जनाएको छ ।

सीभीई-२०२१-३०६३२ र सीभीई-२०२१-३०६३३ मा भएको ‘एक्सप्लोइट’ असुरक्षित हुनसक्ने प्रति गुगल सचेत रहेको छ ।

https://www.techpana.com/2021/102877/