काठमाडौंं-फेसबुक स्वामित्वको म्यासेजिङ एप ह्वाट्सएपले बुधबारदेखि नयाँ फिचरको परीक्षण सुरु गरेको छ । यो फिचरले ह्वाट्सएप भित्रै आफ्ना वरपर रहेका विभिन्न व्यवसायहरु खोज्नको लागि प्रयोगकर्तालाई सघाउँनेछ ।

हाल ब्राजिलको साओ पाओलोमा परीक्षण सुरु गरिएको यो फिचरले प्रयोगकर्तालाई एपभित्र रहेको डाइरेक्टरीमा आफ्नो वरपर रहेको पसल, रेष्टुरेन्टजस्ता व्यवसाय खोज्ने सुविधा दिनेछ ।

 

फेसबुकले पछिल्लो समय आफ्नो एपमा शपिङ फिचर थप गरेको थियो । यो फिचरलाई ह्वाट्सएपमा पनि थप्ने फेसबुकको योजना छ ।

 

फेसबुक र इन्स्टाग्रामले जस्तो ह्वाट्सएपमा विज्ञापन राखिन्न । ह्वाट्सएपको यो कदमलाई भविष्यमा एपमार्फत व्यवसायको प्रवद्र्धन गर्ने कदमको रुपमा हेरिएको छ ।

https://www.techpana.com/2021/102937/