काठमाडौं । दक्षिण कोरियाली कम्पनी सामसङले ग्यालेक्सी एस २२ स्मार्टफोनसँगै तीन ओटा ग्यालेक्सी ट्याब एस ८ ट्याब्लेट सार्वजनिक गर्ने योजना बनाइरहेको छ ।

 

टिप्सटर आईस युनिभर्सका अनुसार १२० हर्ज रिफ्रेश रेट भएको सामसङ ग्यालेक्सी ट्याब एस एट अल्ट्रा १४.६ इन्चको ओलेड डिस्प्ले हुनेछ ।

रिपोर्टअनुसार डिस्प्लेमा २९६० बाई १८४८ पिक्सेलको रेजोलुसन हुनेछ । जसमा १६ः१० को आस्पेक्ट हुने बताइएको छ ।

 

ट्याब्लेटमा ११,५०० एमएएच क्षमताको ब्याट्री हुनेछ । जसमा ४५ वाट फास्ट चार्जिङको सपोर्ट समेत रहने बताइएको छ ।

 

ट्याब एस एट अल्ट्रामा ओलेड डिस्प्ले हुनेछ । यद्यपि बेस भेरियन्टमा टीएफटी प्यानल हुनेछ । यसबाहेक ट्याब एस एट प्लसले एउटा ओलेड प्यानललाई समेत सपोर्ट  गर्नेछ ।

 

जब कि हरेक मोडलमा १२० हर्जको हाई रिफ्रेश रेटको सपोर्ट हुने अपेक्षा गरिएको छ । डिभाइस एन्ड्रोइड १२ ओएसमा आधारित हुनेछ । ग्यालेक्सी एस एट सिरिजका ट्याब र ग्यालेक्सी एस २२ सिरिजका स्मार्टफोन सन् २०२२ को जनवरी वा फेब्रुअरीमा सार्वजनिक हुनेछन् ।

बजारमा छाएका अफवाहमा ग्यालेक्सी एस २२ अल्ट्रामा ग्यालेक्सी एस २१ अल्ट्रामा जस्तै डुअल १० एमपी टेलिफोटो क्यामेरालाई निरन्तरता दिने अपेक्षा गरिएको छ । जसमा एउटा पेरिस्कोप लेन्स हुनेछ । जुन १० गुणा अप्टिकल जुम रहनेछ ।

ग्यालेक्सी एस २२ प्लसमा ४५०० एमएएच क्षमताको ब्याट्री रहने अपेक्षा गरिएको छ भने यो पनि एन्ड्रोइड १२ मा आधारित वनयूआई ४.एक्स रहनेछ ।