काठमाडौं । अमेरिकी प्रतिबन्ध ह्वावेका लागि सबैभन्दा पीडादायी बन्यो । जसका कारण कम्पनीले आफ्नो मुख्य व्यवसाय नै गुमायो ।

 

कम्पनी उत्कृष्ट स्मार्टफोन निर्माता कम्पनीकाे सूचीबाट मात्रै बाहिरिएन, उसले आफ्नो व्यवसायलाई नै नयाँ मोडतर्फ लैजानुपरेको छ । त्यसमा मोबाइल चिप मुख्य विषय हो ।

एक वर्ष अघिसम्म पनि धेरैले ह्वावे सफ्टवेयर मार्केटमा प्रवेश गर्नेछ र हार्मोनी ओएसजस्तो नयाँ आविष्कार आउने छ भन्ने कल्पना गरेका थिएनन् ।

 

किनभने ह्वावेसँग आफ्नै पुरानो चिपसेट हाइसिलिकन थियो । त्यो हुँदा हाइसिलिकनलाई नै अघि बढाउने अपेक्षा धेरैले गरेका थिए ।

 

तर, त्यसो भएन । कम्पनीले नयाँ आविष्कारको रुपमा हार्मोनी ओएस भित्र्यायो । तर, सँगै हाइसिलिकनलाई पनि निरन्तरता दिने योजना कम्पनीले ल्याएको छ ।

 

कम्पनीका संस्थापक तथा प्रमुख कार्यकारी रेन जेनफीले हाइसिलिकन चिपमा थप अनुसन्धानका साथै आवश्यक संसाधनहरू उपलब्ध गराउने बताएका छन् ।

‘आविष्कारका लागि समय लाग्छ,’ रेनले एक कार्यक्रममा बोल्दै भने, ‘तर, त्यसले पक्कै पनि केही समयपछि नतिजा दिनेछ । त्यो हुँदा हाइसिलिकन बन्द गर्ने विषय छैन । कम्पनी अझ अहिले एकवद्ध भएको छ । त्यो हुँदा चिप अभावको हालको अवस्थामा हाइसिलिकन चाँडै आफ्नो स्थान बनाउन सफल हुनेछ ।’

https://www.techpana.com/2021/103034/