काठमाडौं । केही समयअघि अकी, एमपाओ, र्‍याभपावर, भाभा लगायतका ग्याजेट भेन्डर एक्कासी अमेजन अनलाइन स्टाेरबाट हराए ।

 

त्यो हुँदा धेरैले अमेजनले जानीजानी त्यस्ता ब्राण्डलाई बन्द गरेको आरोप लगाए । विस्तारै अन्य ब्राण्डहरु पनि हराउँदै गएसँगै अमेजनले यसको यथार्थ बाहिर ल्याएको छ ।

कम्पनीले आफ्नो नीति उल्लंघन गरको भन्दै तीन हजार बिक्रेताका ६ सय चिनियाँ ब्राण्डमाथि सधैंका लागि प्रतिबन्ध लगाएको जनाएको छ ।

 

कम्पनी प्रवक्ताका अनुसार यो प्रक्रिया विगत पाँच महिनादेखि सुरु भएको थियाे ।

 

प्रतिबन्ध लगाइएका ब्राण्डले कम्पनीको नीति उल्लंघन गरेको जनाइएको छ । विषेशगरी गलत रिभ्यु दिएर प्रयोगकर्तालाई झुक्याउने काम गरेको भन्दै कम्पीनले यस्तो निर्णय लिएको बताएको छ ।

https://www.techpana.com/2021/103051/