काठमाडौं । आईओएस १५ र आईप्याड ओएस १५ सोमबारदेखि प्रयोगकर्तालाई डाउनलोड तथा इन्स्टलका लागि उपलब्ध हुने भएको छ ।

 

नयाँ उपलब्ध हुने सफ्टवेयरमार्फत आईओएस तथा आईप्याड ओएसमा धेरै नयाँ फिचर उपलब्ध हुनेछन् । जसमा फेसटाइम फिचर एक हो ।

फेसटाइममा एन्ड्रोइड तथा कम्प्युटर प्रयोगकर्ता पनि जोडिनसक्ने जनाइएको छ । यसका साथै आईम्यासेजको परिष्कृत भर्सनसमेत उपलब्ध हुनेछ, जसमार्फत साथीभाइले पठाएको फोटा तथा लिंक सहजै ट्रयाक गर्न सकिनेछ ।

 

नयाँ फिचरका साथ आउने नयाँ सफ्टवेयरका लागि आईफोन तथा आईप्याड प्रयोगकर्ता लामो समयदेखि प्रतिक्षामा रहेका छन् । त्यसैले यहाँ हामी सफ्टवेयर उपलब्ध भएसँगै डाउनलोड गरी इन्स्टल गर्ने तरिका सिकाउँदै छौं ।

 

तर, त्योभन्दा अघि तपाईंले आफ्नो डिभाइसलाई तयार भने गर्नुपर्ने हुन्छ, ताकि तपाईंको अपडेट सहज र राम्रोसँग हुनेछ । यदि त्यो नभएको खण्डमा अपडेट हुँदाहुँदै बीचमा स्पेस खाली गर्नुपर्ने लगायतका समस्या आउन सक्छ ।

 

त्यसैले सफ्टवेयर अपडेट गर्नुअघि डिभाइसमा भएको आफूलाई काम नलाग्ने फाइल, फोटो, भिडिओ डिलेट गर्नु उपयुक्त हुनेछ ।

त्यस्तै तपाईंको फाइलको सुरक्षाका लागि ब्याकअप गर्नु सबैभन्दा उपयुक्त हुनेछ । किनभने सफ्टवेयर अपडेट हुने क्रममा कुनै समस्या आएको खण्डमा फाइल उड्न पनि सक्छ ।

कुन कुन डिभाइसमा उपलब्ध हुनेछ सफ्टवेयर अपडेट ?

सबैभन्दा अघि तपाईंको डिभाइसमा सफ्टवेयरको अपडेट उपलब्ध हुनेछ वा छैन भन्ने कुरा महत्वपूर्ण हो ।

 
आईओएस आईप्याड
आईफोन १२ मिनी
आईफोन १२
आईफोन १२ प्रो
आईफोन १२ प्रो म्याक्स
आईफोन ११
आईफोन ११ प्रो
आईफोन ११ प्रो म्याक्स
आईफोन एक्सएस
आईफोन एक्सएस म्याक्स
आईफोन एक्सआर
आईफोन एक्स
आईफोन ८
आईफोन ८प्लस
आइफोन ७
आईफोन ७प्लस
आईफोन ६एस
आईफोन ६एस प्लस
आईफोन एसई (फस्ट जेनरेशन)
आइफोन एसई (सेकेण्ड जेनरेशन)
आईफोन टच (सेभेन्थ जेनरेशन) 
आईप्याड प्रो १२.९ इन्च (फिफ्थ जेनरेशन)
आईप्याड प्रो ११ इन्च (थर्ड जेनरेशन)
आईप्याड प्रो १२.९ इन्च (फोर्थ जेनरेशन)
आईप्याड प्रो ११ इन्च (सेकण्ड जेनरेशन)
आईप्याड १२.९ इन्च (थर्ड जेनरेशन)
आईप्याड प्रो ११ इन्च (फस्ट जेनरेशन)
आईप्याड प्रो १२.९ इन्च(सेकण्ड जेनरेशन)
आईप्याड प्रो १२.९ इन्च (फस्ट जेनरेशन)
आईप्याड प्रो १०.५ इन्च
आईप्याड प्रो ९ं७ इन्च
आइप्याड (एट्थ जेनरेशन)
आईप्याड (सेभेन्थ जेनरेशन)
 आईप्याड (सिक्थ जेनरेशन)
आईप्याड (फिफ्थ जेनरेशन)
आईप्याड मिनी (फिफ्थ जेनरेशन)
आईप्याड मिनी ४
आईप्याड एयर (फोर्थ जेनरेशन) 
आईप्याड एयर (थर्ड जेनरेशन) 
आईप्याड एयर २

यदि तपाईं उल्लेखितमध्ये कुनै डिभाइस प्रयोग गर्नुहुन्छ भने सोमबारदेखि तपाईंलाई नयाँ सफ्टवेयर अपडेटका लागि उपलब्ध हुनेछ । त्यसैले अब यहाँ हामी सफ्टवेयर डाउनलोड गरि इन्स्टल गर्ने तरिका सिकाउँदै छौं ।

जब एप्पलले आईओएस १२ र आईप्याड ओएसको अपडेट उपलब्ध गराउने छ, तब तपाईंले सामान्य अन्य सफ्टवेयर अपडेट गरेजस्तै अपडेट गर्न सक्नुहुनेछ ।

जब अपडेट गर्दै हुनुहुन्छ उक्त समयमा मोबाइललाई चार्ज गर्नु उपयुक्त हुनेछ । भने, इन्टरनेट कनेक्सन पनि राम्रो हुन आवश्यक छ ।

  • अब डिभाइसको ‘सेटिङ’ एप खोल्नुहोस् ।
  • त्यहाँ रहेको ‘जनरल’ मा क्लिक गर्नुहोस् र ‘सफ्टवेयर अपडेट’ मा क्लि गर्नुहोस् ।

यति गरेसँगै तपाईंको डिभाइस एप्पलको सर्भरमा कनेक्ट हुनेछ र सफ्टवेयर डाउनलोड तथा इन्स्टलका लागि नोटिफिकेशन आउने छ । उक्त नोटिफिकेशनमा क्लिक गरी तपाईंले डाउनलोड तथा इन्स्टल सुरु गर्न सक्नुहुनेछ ।

 

डाउनलोड तथा इन्स्टलका लागि केही घण्टा नै लाग्नसक्छ । जब इन्स्टल भइसक्छ, तब फोन रिबुट हुनेछ भने खोल्दा तपाईंले आईओएस १५ तथा आईप्याड १५ प्राप्त गर्नुहुनेछ ।