काठमाडौं । आजको जमानामा ल्यापटप र डेस्कटप कम्प्युटर सामान्य बनिसकेको छ । ‘वर्क फ्रम होम’ को संस्कृति विकास भइरहँदा अझ यसको प्रयोग र माग बढ्दो छ ।

 

वास्तवमा कार्यालयकाे काम नै ल्यापटप /कम्प्युटरबाट हुनाले यसकाे सुरक्षाामा विशेष ध्यान दिनुपर्छ । यी उपकरणभित्र हाम्रा महत्वपूर्ण डेटा हुन्छ ।

यसैबीच दूरसञ्चार क्षेत्रकाे नियामक नेपाल दूरसञ्चार प्राधिकरणले डेस्कटप तथा ल्यापटपलाई सुरक्षित राख्ने तरिकाको विषयमा जानकारी दिएकाे छ ।

 

प्रधिकरणले तयार पारेकाे उक्त जानकारीका आधारमा यहाँ हामी प्रस्तुत गर्दै छौं।

 

डेस्कटप तथा ल्यापटपलाई सुरक्षित राख्न निम्न उपायहरु अपनाउनुहोस्:

 

1. जेन्युन/लाइसेन्स्ड/ओपन सोर्स ओएस तथा एप्लिकेशन सफ्टवेयरको प्रयोग गरौं ।

2.  जेन्युन लाइसेन्सड् एन्टिभाइरसको प्रयोग गरौं ।

3. पासवर्ड सहितको Admin User Account बनाई मात्र डेस्कटप तथा ल्यापटपको प्रयोग गरौं |

 

4. गेष्ट अकाउण्ट क्रियट गरेर मात्र अरु कसैलाई आफ्नो डेस्कटप तथा ल्यापटप प्रयोग गर्न दिऔं ।

5. लग इनको लागि बलियो पासवर्ड वा फिंगर लक, फेस लक आदि राखौं ।

6. डेस्कटप तथा ल्यापटपको ओएसलाई अद्यावधिक (Up to Date) राखौं |

7. डेस्कटप तथा ल्यापटपको आधिकारिक एप्लिकेशन स्टोर/वेबसाइटबाट मात्र एप्लिकेशनहरु इन्सटल गरौं ।

 

8. अनावश्यक एप्लिकेशनहरु डाउनलोड गरी इन्सटल नगरौं तथा अनावश्यक एप्लिकेशनहरु इन्स्टल छन् भने अनइन्स्टल गरौं।

9. आवश्यक नभएको बेला वाइफाइ, ब्लुटुथ आदिलाई अफ गरौं।

10. सोर्स वेब ब्राउजर(e.g. Mozilla Firefox) को प्रयोग गरौं ।

11. कम्तिमा दुईटा ड्राइभ बनाएर मात्र प्रयोग गरौं ।

12. C: Drive (Desktop Screen/Folder, My Documents, Downloads ) मा महत्वपूर्ण तथा संवेदनशील फाइल नराखौं ।

13. क्सटप तथा ल्यापटपको महत्वपूर्ण तथा संवेदनशील डेटालाई नियमित रुपमा ब्याकअफ राखौं ।

14. पुराना डेस्कटप तथा ल्यापटपमा भएको सम्पूर्ण डेटालाई Format/Degauss/ Demagnetize गरेर मात्र डिसपोज गरौं ।

15. अटो-स्क्रिन लक हुने गरी प्रयोग गरौं |

16. असुरक्षित रिमुभेवल मिडिया/पेन ड्राइभको प्रयोग नगरौं ।

17. अटो रन/अटो प्लेलाई डिसेबल गराैं।

18. आफ्नो व्यक्तिगत जानकारी, बैंकिङ जानकारी, पासवर्ड जस्ता महत्वपूर्ण विवरणलाई डेस्कटपमा तथा ल्यापटपमा प्लेन टेक्स्टमा सेभ नगरी इन्क्रिपट गरेर मात्र राखौं ।

https://www.techpana.com/2021/103126/