काठमाडौं । बेलायती सरकारले आफ्ना नागरिकमा आर्टिफिसियल इन्टेलिजेन्स (एआई) प्रति रुचि विकास गर्ने उद्देश्यसहित ‘एआई स्ट्राटिजी’ ल्याउने भएकाे छ ।

 

एआई सम्बन्धी नैतिकता र सिद्धान्तको पालना गर्दै मसिन लर्निङको विकास विस्तारका लागि त्यहाँ सरकारले नीतिगत व्यवस्था गर्न लागेकाे हाे ।

एआई प्रविधिसम्बन्धी शिक्षा, सीप, तालिम प्रदान गर्ने लगायत एआईसँग सम्बन्धित स्टार्टअप कम्पनीहरूलाई आर्थिक रुपमा सहयोग गर्ने गरी सरकारले यसको कार्यविधि बनाइरहेको फाइनान्सियल टाइम्सको रिपोर्टमा उल्लेख छ ।

 

त्यस्तै व्यापार व्यावसायलाई एआई प्रविधि प्रयोगका लागि प्रोत्साहन गर्न विभिन्न कार्यक्रम सञ्चालन गर्ने पनि बेला‍यती सराकारको तयारी रहेको छ ।

 

यी लगायत अन्य आवश्यक नीतिको अध्ययन गरी तयार पारीएको स्वेत पत्र अर्को वर्ष जारी गरी योजना कार्यन्वयन गरिने जनाइएकाे छ ।

 

विश्वका टेक जायन्ट देशहरू अमेरिका र चीनसँग अन्तर्राष्ट्रिय बजारमा प्रतिस्पर्धा गर्ने उद्देश्यले बेलायती सरकारले यो रणनीति कार्यन्वयन गर्न लागेको बताइएको छ ।

भर्खरै मात्र नियुक्ति भएका संस्कृति तथा डिजिटल सचिव न्याडिन डोरिजले यी योजनाको विषयमा सार्वजनिक गर्ने अनुमान गरिएको छ ।

प्रविधि क्रान्तिको रुपमा अगाडि बढाइने यो रणनीतिले नयाँ रोजगार उत्पादन गर्ने र प्रविधिमा लगानी वृद्धि गर्न प्रोत्साहन हुने रिपोर्टमा उल्लेख छ ।

https://www.techpana.com/2021/103188/