काठमाडौं । सामसङका कयौं स्मार्टफोनमा समस्या आउन थालेको गुनासो सुनिन थालेको छ । सामसङ ग्यालेक्सी ए सिरिज र एम सिरिजका स्मार्टफोनमा अटो रिस्टार्ट अर्थात आफसेआफ रिस्टार्ट हुने समस्या देखिएको हो ।

 

यी दुवै सिरिज कम्पनीका निकै धेरै लोकप्रिय सिरिज हुन् । विश्वव्यापी रुपमा सामसङले यी सिरिजका दशौँ लाख स्मार्टफोन बिक्री गरिसकेको छ । सस्तो मूल्यमा आकर्षक फिचर समावेश हुने भएकाले अधिकांश प्रयोगकर्ताको रोजाइमा यी सिरिज पर्ने गरेका छन् ।

साथै यी सिरिजका स्मार्टफोनमा यस अघि प्रयोगकर्ताको गुनासो समेत खासै सुनिने गरेको थिएन । तर साममोबाइलका अनुसार सामसङ ग्यालेक्सी एम ३० एस, ग्यालेक्सी एम ३१, ग्यालेक्सी एम ३१ एस, ग्यालेक्सी ए ५०, ग्यालेक्सी ए ५० एस र ग्यालेक्सी ए ५१ एसमा अटो रिस्टार्टको समस्या देखिन थालेको छ ।

 

खासगरी मोबाइल चल्दाचल्दै रोकिने तथा ह्याङ हुने र स्वचालित रुपमा रिस्टार्ट हुने समस्या देखिने गरेको छ । सामसङ ग्यालेक्सी एम सिरिज कम्पनीको बजेट सेग्मेन्टको स्मार्टफोन हो । जब कि ग्यालेक्सी ए सिरिज मिडरेञ्ज स्मार्टफोन सिरिज हो ।

 

सामसङले गत वर्ष मात्र ग्यालेक्सी ए ५१ बजारमा ल्याएको थियो । जुन सन् २०२० मा सबैभन्दा बढी बिक्री भएको स्मार्टफोन समेत हो । यी स्मार्टफोन प्रयोगकर्ताले आफ्नो मोबाइल चल्दाचल्दै रोकिने र स्वतः रिस्टार्ट हुने गर्दछ ।

 

यो समस्याको कारण अहिलेसम्म यकिन हुन सकेको छैन । प्रयोगकर्ताले फ्याक्ट्री रिसेट गर्दा समेत यो समस्या समाधान नभएको बताइरहेका छन् । सामसङले अहिलेसम्म यो समस्याको विषयमा आधिकारिक रुपमा सुनिश्चित गरेको छैन ।

यो समस्या देखिने स्मार्टफोनमा एक्सिनस ९६१० र एक्सिनस ९६११ प्रोसेसर राखिएका स्मार्टफोन रहेका छन् । अनलाइन फोरममा एक जना प्रयोगकर्ताले तीन दिनदेखि आफूले यो समस्या झेलिरहेको उल्लेख गरेका छन् । क 

https://www.techpana.com/2021/103286/