काठमाडौं । गुगलले प्रयोगकर्ताको गोपनीयतालाई ध्यानमा राख्दै एकैपटक करोडौं स्मार्टफोनमा नयाँ प्राइभेसी फिचर उपलब्ध गराउने भएको छ ।

 

कम्पनीले प्रयोगकर्ताको एन्ड्रोइड फोनमा डाउनलोड भएर पनि लामो समयदेखि प्रयोगमा नआएका एपले विभिन्न सर्भिसमा राख्ने पहुँचलाई बन्द गर्ने भएको हो ।

यसको अर्थ उक्त एपका लागि एसएमएस, कन्ट्याक्ट लिस्ट, सेन्सरलगायतका महत्वपूर्ण फिचरमा पाउने ‘परमिसन’ बन्द हुनेछ । कम्पनीका अनुसार यो फिचर आउँदो डिसेम्बरदेखि प्रयोगकर्तामाझ उपलब्ध हुनेछ ।

 

त्यसका लागि एन्ड्रोइड प्राइभेसी फिचरमा कम्पनीले ‘पर्मिसन अटो–रिसेट’ थप गर्ने भएको हो । जसले लामो समयसम्म प्रयोगमा नआएका एपलाई त्यस्ता फिचरमा पहुँच राख्न रोक्नेछ ।

 

जब उक्त एप प्रयोगमा आउने छ, तब तत्कालै सुरुमा उपलब्ध गराइएको एक्सेस पुनः प्राप्त हुनेछ ।

 

यो फिचर गुगलले एन्ड्रोइड इलेभेनमा उपलब्ध गराइसकेको छ भने आउँदो डिसेम्बरदेखि एन्ड्रोइडका पुराना भर्सनमा उपलब्ध गराउने छ ।

कम्पनीका अनुसार अब यो फिचर एन्ड्रोइड सिक्सदेखि माथिका डिभाइसमा उपलब्ध हुनेछ ।

https://www.techpana.com/2021/103448/