काठमाडौं । माइक्रो ब्लगिङ साइट ट्वीटरले प्रयोगकर्ताका लागि टिपिङ फिचर सुरु गरेको छ । जस अनुसार प्रयोगकर्ताहरुले अब आफूले चाहेको अर्को ट्वीटर प्रयोगकर्तालाई टिप अर्थात् बक्सिस दिन सक्नेछन् र त्यस्तो टिप बिटक्वाइनबाट भुक्तानी गर्न सकिनेछ ।

ट्वीटरको यो घोषणासँगै ट्वीटरमा सिर्जना पस्किने अर्थात् कन्टेन्ट क्रियटर्सलाई निकै फाइदा हुने अपेक्षा गरिएको छ

ट्वीटरले केही महिनादेखि टिपिङ फिचरको परीक्षण गरिरहेको थियो । कम्पनीले अमेरिकामा ट्वीटर प्रयोगकर्ताहरुको सानो समूहमा यसको परीक्षण गरिरहेको थियो ।

बिहिबारदेखि एप्पलले यो फिचर औपचारिक रुपमा आम प्रयोगकर्ताका लागि जारी गरेको छ ।

ट्वीटरको टिप्स फिचर यहीँ हप्तादेखि नै विश्वका आइफोन प्रयोगकर्ताका लागि उपलब्ध भएको छ भने एन्ड्रोइड प्रयोगकर्ताले आगामी हप्तादेखि प्रयोग गर्न पाउनेछन् ।

यसअिघ ट्वीटर प्रयोगकर्ताले टिप लिन तथा दिनका लागि पेपल, क्यास एप तथा वेनमो लगायतका भुक्तानी एपहरुको प्रयोग गर्ने गर्दथे । ट्वीटरले अब यसमा डिजिटल मुद्रा बिटक्वाइनलाई पनि जोडिदिएको छ ।

ट्वीटरका कन्टेन्ट क्रियटरहरुले अब बिटक्वाइनमा टिप्स प्राप्त गर्न सक्नेछन् । ट्वीटरले प्लाटफर्मको टिप फिचरमा प्रयोगकर्ताहरुलाई आफ्नो बिटक्वाइन ठेगाना जोड्ने सुविधा दिएको छ ।

ट्वीटरको टिप फिचर अन्तरगर्त जुनसुकै प्रयोगकर्ताले टिप आदान प्रदान गर्न सक्दछन् । प्राप्त गर्नका लागि आफ्नो प्रोफाइलमा टिप्स जार सक्रिय बनाउन सक्दछ, जहाँ अन्य प्रायेगकर्ताहरुले टिप पठाउन सक्दछन् ।

ट्वीटर टिप फिचरको विस्तार सँगै विश्वभर भेन्मो, क्यास एप, ब्याण्ड क्याम्प, गो फन्ड मी, पिक पे लगायतका भुक्तानी प्लाटफर्मबाट ट्वीटर प्रयोगकर्ताहरुले नगद टिप्स दिन सक्दछन् । त्यस्तै अमेरिका र एल साल्भाडोरमा स्ट्राइक एपमार्फत् ट्वीटरमा  बिटक्वाइन टिप दिन सकिनेछ भने अन्य मुलुकका प्रयोगकर्ताले आफ्नो बिटक्वाइन ठेगानाबाट टिप प्राप्त गर्नेछन् ।

–एजेन्सी

https://www.onlinekhabar.com/2021/09/1017673