काठमाडौं । क्याम्ब्रिज एनालिटिक्स घोटाला प्रकरणमा फेसबुकले अमेरिकाको संघीय व्यापार आयोगलाई ४.९ बिलियन डलर अर्थात पाँच खर्ब ७९ अर्ब तिरेको खुल्न आएको छ ।

 

फेसबुकले मालिक मार्क जुकरबर्गलाई उक्त घटनामा बचाउनका लागि सो रकम तिरेको अमेरिकी अदालतले जनाएको छ ।

संघीय व्यापार आयोगमा परेको उजुरीमा जुकरबर्गको नाम समावेश नगराउने गरी उक्त रकम तिरिएको हो ।

 

यसअघि सन २०१९ मा भएको क्याम्ब्रिज एनालिटिक्स डेटा ब्रिचको विषयलाई लिएर आयोगले फेसबुकलाई प्रयोगकर्ताको डेटा सुरक्षा गर्न नसकेको भन्दै कारबाही गरेको थियो .

 

उक्त घटनामा कम्पनीका सीईओ तथा मालिक जुकरबर्गको नाम समावेश नगर्ने शर्तमा थप रकम भुक्तानी गरिएको जनाइएको छ ।

 

यदि मार्क जुकरबर्गको नाम नै उक्त घटनामा समावेश भएको खण्डमा थप कारबाही हुनसक्ने देखिएपछि यस्तो गरिएको हुनसक्ने आँकलन गरिएको छ ।

त्यतिमात्रै नभएर जुकरबर्ग आफ्नो सामाजिक प्रतिष्ठाप्रति धेरै नै चिन्तित हुने भएकाले पनि कम्पनीले यो कदम चालेको हुनसक्ने जनाइएको छ ।

https://www.techpana.com/2021/103881/