काठमाडौं । गेमर र स्ट्रिमरहरूलाई लक्षित गर्दै एसुसले अर्को नयाँ डुअल डिस्प्ले भइको आरओजी जेफिरस डुओ १५ एसई ल्यापटप नेपाली बजारमा पनि सार्वजनिक गरेको छ ।

 

३०० हर्ज रिफ्रेस रेट भएको यो ल्यापटपको मेन डिस्प्ले १५.६ ईन्चको छ । यस्तै ६० हर्जको रिफ्रेस रेट सहित १४ ईन्चको सेकन्डरी टचस्क्रिन डिस्प्ले पनि यो ल्यापटपमा छ ।

दुवैको कम्बिनेसनले गेमिङ अनुभवलाई उत्कृष्ट बनाउन मद्दत गर्ने कम्पनीको दाबी छ ।

 

भर्खरै मात्र सार्वजनिक यो ल्यापटपमा एएमडी रेजन ७ ५८०० एच प्रोसेसरसहित एनभेडिया जीफोर्स आरटीएक्स ३०६० जीपीयुको ग्राफिक्स प्रयोग भएको छ । १६ जीबी र्‍याम भएको ल्यापटपमा ५१२ जीबी स्टोरेज उपलब्ध छ ।

 

ल्यापटपमा ३.५ एमएमको एउटा कम्बो अडियो ज्याक, एउटा २.० बी को एचडीएमआई, तीनओटा ३.२ को टाइप ए यूएसबी र एउटा ३.२ को टाइप सी पोर्ट छन् ।

 

नेपाली बजारमा यसको मूल्य तीन लाख ७२ हजार २ सय २२ रुपैयाँ तोकिएको छ ।

https://www.techpana.com/2021/103949/