१० असोज, काठमाडौं । नेकपा एमालेका अध्यक्ष केपी शर्मा ओलीले आफूहरुलाई के एजेण्डा लिएर चुनावमा जाने भन्ने अवस्था नभएको बताएका छन् ।

पार्टी केन्द्रीय कमिटीको आइतबारको बैठकलाई सम्बोधन गर्दै ओलीले आफ्नो नेतृत्वको सरकारले धेरैले सिक्नुपर्ने गरी सरकारले काम गरेको बताए ।

कुनै कारणले धक्का खायौं वा प्रतिपक्षमा पुग्यौ भन्दैमा आत्तिनु नपर्ने भन्दै ओलीले भने, ‘फेरि पनि सम्हालिएर अगाडि बढ्न सक्छौं । कसरी भोट माग्न जाने होला भन्ने स्थिति छैन ।’

https://www.onlinekhabar.com/2021/09/1018631