एक समय थियो दशैं आउन लागेको संकेत प्रकृतिले नै दिन्थ्यो । बिहान हुस्सु या कुहिरो लाग्थ्यो । आकाशका बादल खेलिरहेजस्तो देखिन्थ्यो ।
गाउँ र शहर दुवैमा मेला लाग्थे । जताततै लिंगे र रोटे पिङको रौनक हुन्थ्यो । परिवारमाझ खुशीयाली साटासाटको माहोल नै बेग्लै हुन्थ्याे। छत माथिबाट रंङ्गिचङ्गी चंगा उडाएर रमाइलो गर्नेहरुको दृष्य कम्ता रमाइलो देखिँदैनथ्यो । लिपपोत गरेर चिटिक्क बनाइएका घर छाड्न मन कहाँ मान्थ्यो र !
यी सबै दृष्य विस्तारै कम देखिन थालेका छन् ।
उपत्यकामा नेवार समुदायले मालश्रीको धुनमा भाका हाल्दा साँच्चै दशैंको आभास मिल्थ्यो । पेटीमा बसेर धुन बजाउनेहरुलाई घरधनीले दक्षिणा दिएपछि आशिकको वर्षा नै गर्थे, त्यस्ता टोलीले ।
घर आँगनमा मानिस होइन, दशैं नाचिरहेझैं लाग्थ्यो । वर्षमा एक पटक दशैंमै नयाँ लुगा फेर्ने चलन थियो ।
अहिलेका दशैं फरक हुन थालेका छन् । नयाँ लुगा होइन, नयाँ ब्रान्डका मंहङ्गा बिदेशी रक्सी, विभिन्न मासुका परिकार र जुवा खेलेर चाडबाड मनाउने चलन बढेको छ । नेपालीपन र मौलिकता हराउँदै गएको छ, चार्डवाडमा । मालश्री धुन अब रेडियो, टेलिभिजन र युट्युबको मात्र प्रिय बन्न थालेको छ ।
पहिले गाँउघरमा घरनजिकका खेतमा फलेको धान, चामल २/४ पाथी संकलन गरेर राखिन्थ्यो । अहिले त खेतबारी बाँझो छन्, धान, चामल विदेशबाट आयात गर्नुपर्छ ।
दशैं भनेकै मान्यजनको आशिर्वाद लिने अवसर हो । सद्भाव, स्नेह र श्रद्धा मौलाउने समय पनि हो । वर्षदिनभरि जति नै दुष्मन भए पनि दशैंमा एकै ठाउँ जम्मा भएर दाजुभाइले बा-आमाबाट टीका र जमरा ग्रहण गर्ने दिन पनि दशैंबाहेकमा जुर्न मुस्किल पथ्र्यो ।
अब त सोह्र श्राद्धमा पितृलाई सम्झिन आवश्यक नठान्ने सन्तान देखिन थालेका छन् । नयाँ पुस्ताले अनुकरण नगर्दा मौलिकता हराउने जोखिम देखिन थालिसकेको छ । नयाँ पुस्ता पाश्चत्य संस्कृतिमा अभ्यस्थ हुन थालेको छ ।
‘अभिभावक नदेखिँदा संस्कृति विलुप्त बन्दै गएको छ,’ संस्कृतिविद् विजयसागर श्रेष्ठ भन्छन् । उनको बुझाइमा मौलिक संस्कृति गाउँघरमा केही प्रतिशत मात्र बाँकी छ । र, शहर बजारबाट हराउँदै गएको छ ।
मौलिक संस्कृतिको रक्षा गर्ने दायित्व राज्यको हो । तर, राज्य आफैं निरिह छ। किनकी याे देशका जिम्मेवार अभिभावक दलका केहि नेताहरुले अाफ्नाे निजि स्वार्थ सिद्विका निम्ति विदेशीशक्तिलाई रिझाउन खुसि पार्न याे देशकाे धर्म,परम्परा ,संकृतिलाई काैडिकाे दाममा लिलाम गरि देशमा अाज धर्म निरपेक्ष्यता लादेका छन्। तपाेभुमी,देवभुमिकाे देशमा यस्ता घटिया दलाल मानवरुपी दानवहरुकाे विनास निश्चित छ। यी सबैलाई हाम्रा ३३ काेटि देविदेवताकाे श्राप लाग्ने छ। जय दुर्गा भवानी