सामन्ती शासक राजा महेन्द्रले गरेका केही उपद्राे कार्यहरु यस्ता छन्।

१.चौध अञ्चल र पचहत्तर जिल्ला बनाए । २.नेपालमा भारतीय पाठ्यपुस्तक प्रतिबंध लगाए । ३.भारतीय मुद्राको चलनचल्तिमा रोक लगाए। ४.भारतीय सेनाको नेपालमा उपस्थिति रोक लगाए। ५.जलस्रोतमा भारतीय हस्तक्षेप रोक लगाए। ६.पञ्चवर्षीय योजनाको शुरुआत। ७. राष्ट्रबैंक स्थापना। ८.भूमिसुधारको व्यवस्था । ९. विकेन्द्रीकरणको थालनी। १०. मोहियानी हक, ०२० साल भाद्र १ गते नयाँ मुलुकी ऐन घोषणा गरी उनले छुवाछुत, जातिभेद र लिंग भेदविरुद्धको नीति अख्तियार गरेका थिए । ०२१ सालमा भूमिसुधार ऐन घोषणा गर्दै उनले जमिन्दारी प्रथा र बिर्ता उन्मूलन गरी जग्गा जोत्ने मोहीहरुको अधिकार सुरक्षित गरे । ११.सर्वोच्च अदालत स्थापना। १२.सेना र प्रहरीको आधुनिकीकरण। १३.नेपाली मंत्री मण्डलको बैठकमा भारतीय प्रतिनिधित्व माथि रोक। १४.पूर्व-पश्चिम राजमार्ग राजा महेन्द्रको महत्वपूर्ण देन थियो । उक्त राजमार्ग नहुँदासम्म तराईमा एउटा जिल्लाबाट अर्को जिल्ला जानुपर्दा भारतको बाटो प्रयोग गर्नुपथ्र्यो । विदेशी सहयोगमा राजमार्ग निर्माण गरेर यो अवस्था अन्त्य गरे । १५.देशी उद्योगधन्दाहरु विकास गरेर भारतीय परनिर्भरतालाई न्यूनीकरण गर्दै गए । वीरगञ्ज चिनी कारखाना, कृषि औजार कारखाना, जनकपुर चुरोट कारखाना, बाँसवारी जुत्ता कारखाना, सिमेन्ट र कपडा उद्योगहरु, सबै उनकै पालामा स्थापना गराएक हुन्। १६.अमेरिका, ब्रिटेन र भारतसँग मात्र सीमित नेपालको कूटनीतिक सम्बन्ध बढाएर ५३ राष्ट्रसँग मित्रता स्थापना। **उपरोक्त जनहितको कार्य अपराध थियो भने नेपालमा आज त्यस्तै ‘अपराधी’ राष्ट्रनायकको खाँचो छ !

अग्रगामी शासन व्यवस्था गणतन्त्रमा अाजपनि हरेक राजनितिक नियुक्तिका पद पैसामा सजिलै किन्न पाईन्छ। अहिले मान्छे जतिसुकै असक्षम अपराधि जेसुकै हाेस १ कराेड रुपिया खर्च गर्ने हाे भने तु: जुनै पनि देशका लागि राजदुतमा नियुक्ति पाईन्छ। याे सबैलाई राम्रै थाह भएकाे कुरा हाे। धन दाैलतकाे दममा कुस्ति लडने पुँजिवादि व्यवस्था र तिनका दलाल नेता हामीलाई अग्रगामी सहि लाग्छ तर क्षमतावान मान्छेलाई गाँउगाउबाट टिपेर कुनै शुल्क बिना सित्तैमा जिम्मेवारी सुम्पने सम्राट हामी नेपालीलाई निरंकुश अनि सामान्ति लाग्छ।