काठमाडौं । गुगलले आफ्नो भिज्योल सर्च टुललाई परिष्कृत गर्दै एआईमा आधारित ल्याङ्ग्वेज फिचर थपेको छ । योसँगै शब्द अथवा इमेज एउटा कुनै माध्यबाट मात्रै सर्च गर्नुपर्ने बाध्यताको अन्त्य हुने कम्पनीले जनाएको छ ।

यसको अर्थ अब प्रयोगकर्ताले फोटो र अक्षर दुवै एकै पटक प्रयोग गरेर गुगलमा सर्च गर्न सक्नेछन् । उदाहरणका लागि यदि तपाईंलाई कुनै टी-शर्ट मन पर्‍यो, उक्त टी-शर्ट खोज्न तपाईंले गुगल लेन्समा फोटो प्रयोग गर्नुभयो । त्यसो गर्दा सर्ट फेला पर्छ ।

तर, तपाईंलाई सोही डिजाइनसँग मिल्ने मोजा पनि आवश्यक पर्‍यो । त्यसका लागि अब ‘सक वीथ दिज प्याटर्न’ अर्थात् यो प्याटर्नसँग मिल्ने मोजा भनेर फोटोमा लेखेर सर्च गरेको खण्डमा त्यहीँ डिजाइनको मोजा पनि फेला पर्नेछ ।

यसका साथै गुगलले आईओएस प्रयोगकर्तालाई लक्षित गरेर गुगल एपमा नयाँ ‘लेन्स मोड’ पनि थप गर्ने भएको छ । जसमार्फत प्रयोगकर्ताले वेबमा सर्च गर्दा आउने फोटोमार्फत नै गुगलमा सर्च गर्न सक्नेछन् ।

यो फिचर चाँडै प्रयोगकर्ता माझ उपलब्ध हुने जनाइएको छ । तर, पहिलो चरणमा यो फिचर अमेरिकी प्रयोगकर्ताले मात्रै प्रयोग गर्न पाउने छन् । भने, बिस्तारै विश्वव्यापी रूपमा यो फिचर उपलब्ध गराइने जनाइएको छ ।

https://www.techpana.com/2021/104754/